logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

आशिका तामाङविरुद्ध आज थुनछेक, अदालत उपस्थित गराइयो


  • जन आकाश
  • शुक्रबार, माघ १८ २०८१

काठमाडौं ।  आशिका तामाङलाई प्रहरीले भक्तपुर जिल्ला अदालतमा उपस्थित गराएको छ ।



आपराधिक उपद्रव सम्बन्धी कसुरमा थुनछेक प्रयोजनको लागी उपस्थित गराइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले बताए ।

उनीबिरुद्ध प्रहरी वृत्त जगातेले अनुसन्धान गरेको थियो ।

१४ माघमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको धरौटी बुझाएर छुटेपछि उनी पुन पक्राउ परेकी थिइन् ।

साँगास्थित झोलुङ्गे पुलमा प्रवेश गर्नेहरूसँग सूर्यबिनायक नगरपालिकाले २० रुपैयाँ कर सङ्कलन गर्दै आएको थियो ।

आफूलाई अभियन्ता दाबी गर्ने तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोप छ । सूर्यबिनायक नगरपालिकाले त्यसबारे अनुसन्धान गर्न भन्दै प्रहरीमा जाहेरी दिएको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend