logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

२ जना मृत अवस्थामा फेला


  • जन आकाश
  • मंगलबार, माघ २२ २०८१

काठमाडौं– कास्की र रामेछाममा दुई जना मृतावस्थामा फेला परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कास्कीको अन्नपूर्ण गाउँपालिका–८ मौरिया बस्ने ७५ वर्षीय धन प्रसाद कामी सोही गाउँपालिका–८ तमुस्थित बाङ्गे खोलामा मृत अवस्थामा फेला परेका छन् ।



यसैगरी रामेछापको खाँडादेवी गाउँपालिका–१ मझुवा बगरस्थित सुनकोशी नदीको किनारमा अन्दाजी ५० वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । उनको सनाखत भइसकेको छैन । दुबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend