जन आकाश
काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको २१औं वार्षिकोत्सव कार्यक्रम २०८१ माघ २२ गते सम्पन्न गरेको छ ।
कम्पनीको केन्द्रीय कार्यालयका साथै विभिन्न प्रादेशिक निर्देशनालय तथा दूरसञ्चार कार्यालयहरुमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवम् कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले अध्यक्षता गर्नुभएको थियो ।
समारोहमा कार्यक्रमका प्रमुख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै नेपाल टेलिकम सरकारको स्वामित्वमा रहेका सार्वजनिक संस्थान मध्येकै सबैभन्दा गौरवशाली इतिहास बोकेको संस्था भएको उल्लेख गर्नुभयो । मन्त्री गुरुङले हाल दूरसञ्चार क्षेत्रमा बढ्दो चुनौतीसँगै नेपाल टेलिकमको समेत कार्यदक्षतामा परेको प्रभावको समीक्षा गर्दै सुधार गर्न आवश्यक रहेको कुरा व्यक्त गर्नुभयो ।
उपभोक्ताको चाहना अनुरुप सेवाहरुको आधुनिकीकरण, विकास र परिमार्जन गर्दै सबै स्थानमा द्धन् सेवा पु¥याउनका लागि बदलिँदो परिवेशसँग सुहाउँदो सेवाका क्षेत्रहरु पहिहान गरी त्यसतर्फ ध्यान आकर्षण गर्न आग्रह गर्नुहुँदै मन्त्री गुरुङले नेपाल सरकारले समयसापेक्ष रुपमा दूरसञ्चार सम्बन्धी नीति नियममा परिमार्जन गर्दै टेलिकमको व्यवस्थित सञ्चालनका लागि सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले आगामी दिनमा सेवामा उल्लेखनीय सुधार र आय वृद्धिको लागि सेवाको विस्तार सँगै गुणस्तर सुधारमा ध्यान दिन निर्देशन दिनुभयो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष राधिका अर्यालले सर्वसुलभ रूपमा आम उपभोक्ताहरूलाई गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह गर्ने क्रममा देशका भौगोलिक रूपमा अत्यन्त विकट र दुर्गम स्थानमा समेत सेवाको पहुँच विस्तार गर्न नेपाल टेलिकमको योगदानको प्रशंसा गर्नुहुँदै आगामी दिनमा बजारको प्रतिस्पर्धा र ग्राहक वर्गको आवश्यकता बमोजिम सेवाको विविधीकरण गर्दै उचित बजारीकरण रणनीति अपनाएर ग्राहकका गुनासाहरुलाई शीघ्र सम्बोधन गर्न र कर्मचारी परिचालनमा तथा कार्य संस्कृतिमा समयानुकूल सुधार गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।
साथै उहाँले समस्त देशवासीलाई दूरसञ्चार सेवाको सहज उपभोग गर्न पाउने अवस्थाको सुनिश्चितता गर्दै डिजिटल विभाजन न्यूनीकरण गर्दै मुलुकलाई डिजिटलाइजेसन गर्ने सरकारको योजनामा अझै योगदान गर्न कम्पनी सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम हालसम्म अग्रणी भूमिकामा रहेको र आगामी दिनमा पनि अग्रणी स्थानमा रहेर सेवा प्रदान गर्न सक्षम रहोस् भन्ने शुभकामना व्यक्त गर्दै सो को प्राप्तिका लागि कम्पनीलाई समय सापेक्ष सुधार गरेर अगाडि बढ्न र ग्राहक अनुभव तथा पृष्ठपोषणको विस्तृत अनुसन्धान गर्न आवश्यक रहेको बताउनुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend