logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

नेपालमा सडक दुर्घटना हुने मध्य ६८ प्रतिशत मोटरसाइकल दुर्घटना


  • जन आकाश
  • सोमबार, माघ २८ २०८१

काठमाडौं– नेपालमा हुने सडक दुर्घटना वा दुर्घटनामा ज्यान गुमाउने वा घाइते हुनेमध्ये ६८ प्रतिशत मोटरसाइकल दुर्घटना रहेको एक नयाँ प्रतिवेदनले देखाएको छ ।



सडक दुर्घटनामा घाइते हुने संख्या महिला र पुरुष दुबैमा देखिए पनि, मृत्यु हुने संख्या पुरुषहरूमा बढी रहेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार, प्रति १ लाख जनसंख्यामध्ये ११ जना महिलाको मृत्यु हुने गर्छ भने पुरुषहरूको हकमा यो संख्या प्रति १ लाखमा १३ जना रहेको छ । अध्ययनले देखाएअनुसार, १५–२४ वर्ष उमेर समूहका महिला र पुरुषहरू सडक दुर्घटनाको उच्च जोखिममा छन् । त्यस्तै, सडक दुर्घटनाका कारण मृत्यु हुने र घाइते हुनेको संख्या शहर क्षेत्रमा ग्रामीण क्षेत्रहरूको तुलनामा बढी रहेको छ । शहर क्षेत्रमा प्रति १ लाख जनसंख्यामध्ये ८३३ जना घाइते वा मृत्यु हुने गरेका छन् ।

घाइते वा मृत्यु हुनेमध्ये १२ प्रतिशत साइकल दुर्घटना, ४ प्रतिशत बस दुर्घटना र ४ प्रतिशत तीनपाङ्ग्रे टेम्पो दुर्घटनामा संलग्न रहेको अध्ययनले देखाएको छ । पाँच प्रतिशत पैदल यात्रु सडक दुर्घटना दुर्घटनामा ज्यान गुमाएको अध्ययनले देखाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend