logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

उत्तम केसीकाे गीतमा सिक्किमकी अञ्जनाको स्वर


  • जन आकाश
  • सोमबार, माघ २८ २०८१

काठमाडौं– सिक्किमकी अञ्जना नाल्बो लिम्बूले बरिष्ठ कलाकार एवं गीतकार उत्तम केसी नेपालका दुई गीत गाएकी छिन् ।



सिंगिङ रियालीटी सो ‘याक्थुङ स्टार’ गायन प्रतियोगीताको उपाधी विजेता अञ्जनाले केसीका दुई गीत ‘छातीभित्र मुटु चल्छ, मुटुभित्र माया’ र ‘विपनीमा टुंगियो माया’ गाएकी हुन् । गायक राजेश पायल राई र शाहील लिम्बुसँग पनि केहीदिन अघि गीत रकेर्ड गरीसकेकी अञ्जनाले उत्तम केसी नेपालका एक साथ दुई गीत गाएकी हुन् ।

उत्तम केसीका गीत उन्ले शुक्रबार काठमाडौंको मेलोडी स्टुडियोमा रेकर्डे गरेकी हुन् । गीतमा वरिष्ठ संगीतकार अष्टलामा र पुस्कार सुनुवारको संगीत रहेको छ भने मिक्सिङ तथा मास्टरिङ विप्लव अधिकारीले गरेका छन् ।

मिठो स्वरकी धनी अञ्जनाले केसीका शब्दले आफू प्रभावित भएर गीत गाएको बताइन । ‘विपनीमा टुंगियो माया’ लाई गायक राज सिग्देलले केहि समय अगाडी नै मेल भर्सनमा गाइसकेका छन् ।

कला क्षेत्रमा आफ्नै उचाइ चुम्नु भएका केसी गीत लेखन र कथा लेखनमा पनि सक्रिय रहेका छन् । उनका ‘न झुकुन हाम्रा शिरहरू, ‘जसले जे जे भने पनि तिमी मेरी आमा’, मकै भुट्ने हाँडीमा’, ‘रहरै भो’, ‘कि वार कि पार’, ‘अब जे होला होला’, ‘ठण्डा ठण्डा पानी’, ‘आकशको जुन तिमी, धर्तीको फूल’ जस्ता एक दर्जन जति गीत श्रोता÷दर्शकमाझ रहेका छन् । यस्तै ‘दोषी को’ गीत पनि श्रोता÷दर्शकमामm आउने तयारीमा रहेको केसीले बताए । केसीले दुईसयको हाराहारीमा ठूलो पर्दा र सानो पर्दाका चलचित्रमा आफ्नो अभिनय पस्किनुभएको छ भने निर्माण, निर्देशनमा पनि सक्रिय रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend