logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एस.के. इनर्जीको शेयर निष्काशन प्रबन्धक नियुक्ति


  • जन आकाश
  • मंगलबार, माघ २९ २०८१

Oplus_131072

 



काठमाडौं । एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले प्रति शेयर अंकित मुल्य रु.१००/-दरका २०,८०,००० कित्ताले हुन आउने रकम रु.२०,८०,००,०००/- (अक्षरुपी वीस करोड असी लाख मात्र) बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

उक्त क्रममा एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

एस.के. इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मे.वा. क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend