जन आकाश
काठमाडौं– अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईको अभिनयमा बनेको फिल्म ‘मायावी’को ट्रेलर सार्वजनिक भएको छ ।
लभस्टोरी फिल्म बनाउन सिपालु मानिएको दीवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्मको ट्रेलर बिहीबार काठमाडौमा एक कार्यक्रमका बीच सार्वजनिक गीएको तीन मिनेट लम्बाईको ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी गराएको छ । प्रेम प्राप्ति मात्र होइन, त्याग पनि हो भन्ने कुरालाई फिल्मले मुख्य कथाबस्तु बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ ।
यस फिल्ममा पल र दीपिकाका साथै लक्ष्मी गिरी, राजाराम पौडेल, अन्शु महर्जन, रवि डंगोल, रमा प्रसाईं, दीपेन्द्र सिम्खडा, संगीता सिलवाल लगायतको पनि अभिनय रहेको छ ।
आगामी फागुन १४ गते अर्थात् महाशिवरात्रिबाट प्रदर्शनमा आउन लागेको फिल्ममाबाट समिम खानले डेब्यु गरेका छन् ।
‘मायावी’मा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ । प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माता रहेको फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमित ओली सह–निर्मातामा छन् भने फिल्मको गीतमा शम्भुजित बाँस्कोटा र एसडी योगीले संगीत दिएका छन् भने कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी तथा मिलन श्रेष्ठको सम्पादन छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend