logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

त्रिशूलीमा मोटरसाइकल खस्दा एक बेपत्ता


  • जन आकाश
  • शुक्रबार, फाल्गुन २ २०८१

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चट्टाने भीर दुईकिलो भन्ने ठाउँमा एउटा मोटरसाइकल दुर्घटनामा परेको छ ।



बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोले जानकारी दिए ।

दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र भेटिएको छ ।

बिहान ११ बजेर ५५ मिनेटको समयमा चितवन ईच्छाकामना गाउँपालिका-५ मुग्लिन-नारायणगढ सडक खण्डको कालीखोला भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो ।

मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकलमा सवार एक व्यक्ति त्रिशूली नदीमा खसेको स्थानीयले बताएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ ।

डीएसपी महतोका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र भेटिएको छ ।

उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना इन्डियन आर्मी रहेको खुल्न आएको छ । मोटरसाइकलमा कति जना सवार थिए भन्ने खुलिसकेको छैन ।

बेपत्ताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकलबाट उछिट्टिएर करिब १ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend