logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

अशोक दर्जीले सुरू गरे “मन बिनाको धन” को छायांकन


  • जन आकाश
  • आइतबार, फाल्गुन ४ २०८१

काठमाडौं । गायक एवं संगीतकार टंक बुढाथोकीले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म “मन बिनाको धन को शुभमुहूर्त गरिएको छ।



शुक्रबार बिहान कोटेश्वर महादेव मन्दिरमा पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो।

अभिनेता सरोज खनालले क्ल्याप, युवा व्यवसायी टिका बुढाथोकीले नरिवल फोरेका थिए भने बाल गायक तथा कलाकार अशोक दर्जी र कलाकार सन्तोष पन्तले मुहूर्त सर्ट दिएका थिए।

फिल्मको छायांकन पनि शुक्रबारबाटै सुरू गरिएको छ। हिट गीत “मन बिनाको धन” शीर्षकमा बन्ने फिल्ममा मुख्य पात्र बाल गायक अशोक दर्जी हुनेछन्।

उनीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारहरूको अभिनय रहनेछ।

फिल्मको कथा निर्माता तथा निर्देशक टंक बुढाथोकी आफैले लेखेका हुन् भने पटकथा र संवाद शिवम अधिकारीले लेखेका हुन्। सामाजिक विषयवस्तुमा निर्माण हुन लागेको फिल्मको निर्माता विष्णुमाया मैनाली र सह निर्माता जीपी संग्रौला,लक्ष्मी गिरि,विवेक नेपाल विजया पाण्डे हुन् भने मिनु शर्मा (सपना) कार्यकारी निर्मातामा रहेका छन्।

अशोक दर्जीले आफ्नो पहिलो गीत मन बिनाको धन ठूलो कि धन बिनाको मनु मार्फत आफ्नो जीवन नै परिवर्तन गरेका थिए। उनी हाल काठमाडौंमा कक्षा ८ मा अध्ययनरत छन्।

मन बिनाको धन ठूलोु मा टंक बुढाथोकी संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend