logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापले वडा अधिवेशन उमाकुण्डको गुम्देलवाट शुरु गर्दै


  • जन आकाश
  • मंगलबार, फाल्गुन ६ २०८१

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापले वडा अधिवेशन भोलीवाट शुरु गर्न लागेको छ । उक्त अधिवेशन सफल पार्न राष्ट्रिय स्वतन्त्र पार्टी उमाकुण्ड गाउँपालिकाका प्रतिनिहरु हिजो नै बाम्तीमाा जम्मा भईसकेका थिए । भने ५ गते बेलुका नै जिल्ला उपसभापति मोहन कार्की पनि ५ गते नै बाम्ती पुगिसेका थिए । उनै उप–सभापति कार्कीको नेतृत्वमा जिल्ला सहसचिव टेक बहादुर सुनुवार, जिल्ला सदस्यहरु ईश्वरी लामिछाने, लक्ष्मण बस्नेत, उमाकुण्ड गाउँपालिका सभापति नवराज बस्नेत, उपसभापति प्रदीप खड्का, उमाकुण्ड–काठमाडौ सम्पर्क बिभाग उप–सभापति ईस्वर कार्की लगायत पार्टीका पालिका प्रतिनिधिहरु, वडा प्रतिनिधिहरु जम्मा भई बाम्तीमा खुसीयाली मनाउदै पार्टी वडा अधिवेशन गर्न नाचगान समेत गरेर बाम्तीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी सम्पर्क कार्यालयको प्रगाणमा उपस्थित पार्टीका सवै प्रतिनिधिहरुले पार्टीको झण्डा र राष्ट्रिय झण्डा बोकी फागुन ६ गते पैदल यात्र गदै गुम्देल लागेका हुन् ।



बम्तीमा जम्मा भएका पार्टीका प्रतिनिधिहरु मध्य दुई समूहमा बिभाजन गरी प्रचार प्रसारमा निस्किएको टोली एउटा समूह तल्लो बेल्टवाट गाडी र मोटरसाईकलमा जिल्ला सदस्य ईस्वरी लामिछानेको नेतृत्व्मा पालिकाका उप–सभापति प्रदीप खड्का, सक्रीय सदस्य कल्याण खड्का, उमाकुण्ड–काठमाडौ सम्पर्क बिभागका उप–सभापति ईस्वर कार्की, पुर्व निर्वाचन क्षेत्र उप–सभापति ईवेन्द्र दाहाल सक्रीय सदस्य पवित्र बस्नेत तल्लो बेल्टवाट पचारमा सहभागी भई गुम्देल पुगेका हुन् भने माथिल्लो बेल्टको नेतृत्व जिल्ला उप–सभापति मोहन कार्की, जिल्ला सहसचिव टेक बहादुर सुनुवार, जिल्ला सदस्य लक्ष्मण बस्नेत, उपकुण्ड गाउपालिका सभापति नवराज बस्नेत, सक्रीय सदस्यहरु सुर्य बहादुर कार्की, होम बहादुर मगर, सुर्य कार्की, छत्र लामिछाने, अनिल लामिछाने माथिल्लो बेल्टवाट राष्ट्रिय झण्डाको साथमा पार्टीको झण्डा पनि झोलाको साईट साईटमा बोकेर जनताको घर दैलो पागर्मू, ज्याम्ले, चरी, पत्करी हुदै प्रकृतिको धनी गुम्देलका गाउँहरु पुग्ने गुम्देलका पुर्खहरुले निर्माण गरेका पुराना वाटोहरु प्रयोग गर्दै गाउँका नागरिकहरुसँग तिनै नागरिकहरुको भावना बुझ्दै भोली हुन गईरहेको रामेछापकै पहिलो एतिहासिक उमाकुण्ड गाउपालिका वाडन १ गुम्देलमा हुन लागेको वडा अधिवेशनमा उपस्थित हुन अनुरोध गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका आमान्त्रित पदाधिकारीहरु गुम्देल पुगेका छन् ।

भोली फागुन ७ गते वाडन १ गुम्देलमा राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो वडा भेला गरी पहिलो वडा अधिवेशन हुदैछ । उक्त अधिवेशनवाट चुनिने रामेछाप जिल्लाको एतिहासिक र पहिलो वडा समिति हुने उमाकुण्ड गाउँपालिका सभापति नवराज बस्नेतले जन आकाश मिडियालाई जानकारी दिएका हुन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend