जन आकाश
रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापले वडा अधिवेशनलाइ तिव्र पारेको छ । हिजो रामेछापको उमाकुण्ड गाउँपालिका वाडन। १ गुम्देलमा वडा भेलाको आयोजना गरी भव्य कार्यक्रम गरेको थियो । उक्त भेला कार्यक्रमको सभापति उमाकुण्ड गाउँपालिका सभापति नवराज बस्नेतले गरेका थिए । उक्त वडा अधिवेशन कार्यक्रमलाई उत्साह भर्न र पार्टीवको जान्नेलार्ई नीतिको विचार प्रस्तुत गर्न प्रमुख बक्ताको रुपमा सम्बोधन गर्न बागमती सदस्य विपेश खत्री आएका थिए । उनले कार्यक्रमलाई सम्बोधन गर्दै उमाकुण्डको उमातिर्थ हिन्दुहरुको शिर भएको र याहाको हावापानी प्रकृतिले नै सुन्दर दिएको बताए । उनले अर्को एक प्रसङगमा हामी वेतिथि, भ्रष्टचार विरुद्धको अभियाँनमा छौ । यस अभियानमा सवैले साथ दिन अनुरोध गरेका थिए ।

विशिष्ट बक्ताको रुपमा आएका रामेछाप जिल्ला सभापति रमेश रायमाझीले रामेछापमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वडा अधिवेशन गर्न सफल भएकोमा उमाकुण्ड गाउँपालिका समितिलाई धन्यवाद दिएका थिए ।
त्यसैगरी अतिथिको रुपमा आएका राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप जिल्ला उप–सभापति मोहन कार्कीले रामेछापको उपल्लो विकट भनेर चिनिने गुम्देल जति बिकट र अभावमा छ त्यतिनै गुम्देल प्रकृतिक र सस्कारमा धनी रहेको धारणा राख्दै उनले गुम्देलको नजिकै रहेको नुम्बुर हिमाल, उमातिर्थ जति पवित्र छन् । त्यस्तै गुम्देलका जनताको मन पनि सफा रहेको भनाई राखेका थिए ।
उक्त अधिवेशनमा जिल्ला समितिका पदाधिकारीहरु, उमाकुुण्ड गाउँपालिका समितिका पदाधिकारीहरु, स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो ।
रामेछाप राष्ट्रिय स्वतन्त्र पार्टी उमाकुण्ड गाउँपालिका वाडन १ गुम्देलको वडा भेलावाट ११ कार्यसमिति चयन गरिएको छ । पहिलो वडा अधिवेशनवाट निर्वाचित पदाधिकारीहरुको नामावली यस प्रकार छ ।
१ सभापतिःङिमा वाङछु शेर्पा
२ उपःसभापति९कान्छा शेर्पा
३ सचिबःजगतबहादुर कार्की
सदस्यहरुः
४ हरिराम बस्नेत
५ रिन्जी शेर्पा
६ अनिल लामिछाने
८ यज्ञ कुमारी भुजेल
९ सन्त कुमारी बिक
१० लिला कुमार कार्की
११ श्याम बस्नेत
त्यसैगरी आज ८ गते भएको उमाकुण्ड २ न.वडा बाम्तीमा आयोजित दोस्रो वडा भेला कार्यक्रम पनि सोही पालिकाका सभापति नवराज बस्नेतको नेतृत्वमा नै भएको हो भने प्रमुख बक्ता बिपेश खत्री नै रहेका थिए । भने विशिष्ट बक्ता जिल्ला सभापति, अथितिहरुमा उपसभापति मोहन कार्की त्यसैगरी काठमाडौ–कोशी प्रदेश सभापति राजन दाहाल रहेका थिए । अघिल्ला दिनका सवै समितिहरु दोस्रो दिन पनि सहभागी रहेका थिए ।
उमाकुण्ड गाउँपालिका वाडन २ बाम्तीमा भएको वडा भेलावाट निर्वाचित पदाधिकारीहरुको नामावली यस प्रकार छ ।
१.सभापतिः चेत कुमार लामिछाने
२.उपःसभापतिःसिर्जना बस्नेत कार्की
३.सचिबः इन्द्रकमल विश्वकर्मा
सदस्यहरुः
४. सन्जु लामा
५. आङछिरी शेर्पा
६. नवीन बस्नेत
७. डोल्मा लामा शेर्पा
८. सन्तोष बस्नेत
९. कल्याण बस्नेत
११। निङ्मा शेर्पा
रहेका छन् । भोली उमाकुण्ड गाउँपालिका वाडन ३ कुभुकास्थालीमा तेस्रो वडा अधिवेशन हुने आयोजकले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend