logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

रास्वपा रामेछापको वडा अधिवेशनमा उर्लियो जनलहर


  • जन आकाश
  • आइतबार, फाल्गुन ११ २०८१

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापले जिल्लाको उत्तरी वेल्ट र अन्तिम गाउँपालिका भनेर चिनिने उमाकुण्ड गाउँपालिका गुम्देलवाट यहि फागुन ७ गतेवाट शुरुगरेको थियो । रामेछाप जिल्लाकै पहिलो वडा अधिवेशन सफल बनाउन फागुन ५ गते उमाकुण्डको वाडन २ बाम्तीमा रामेछाप जिल्ला समितिका उप–सभापति मोहन कार्की, सहसचिव टेक बहादुर सुनुवार, जिल्ला समिति सदस्य ईश्वरी लामिछाने, लक्ष्मण बस्नेत, उमाकुण्ड गाउँपालिकाका सभापति नवराज बस्नेत, उमाकुण्ड– काठमाडौं सम्पर्क बिभागका उप–सभापति ईस्वर कार्की,रामेछाप जिल्ला निर्वाचन क्षेत्र समितिका पूर्व उप–सभापति ईवेन्द्र दाहाल लगायत वडाका सक्रिय सदस्यहरु जम्मा भई ६ गते बिहान बाम्तीवाट नेता कार्यकर्ताहरुले आ–नो झोलामा दाया साइटमा राष्ट्रिय झण्डा र झोलाको बाया साइटमा पार्टीको झण्डा सहित बाम्तीवाट दुई टोली बनाई एउटा टोली माथिल्लो बेल्टवाट पैदल यात्रा गर्दै गुम्देल पुगेको थियो । अर्को टोली भने तल्लो वेल्टवाट सवारी साधनमा प्रचार प्रचार गर्दै गुम्देल पुगेको थियो ।



पैदल यात्रा गर्ने टोलीले बाटोमा राष्ट्रिय गीतहरु गाउँदै जनताको घर–घरमा गएर भला कुसारी गरेका थिए । बेलुका गुम्देल पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरुले ७ गते बिहान गुम्देलको नजिक्कै रहेको नुम्बुर हिमालको सुन्दर दृष्यहरु कैद गर्दै त्याहाका स्थानीयहरुसँग कुराकानी गरी गुम्देल क्षेत्रको विशेषताको वारेमा बुझेका थिए ।

रामेछापकै पहिलो अधिवेशन सफल बनाउन प्रमुख बक्ताको रुपमा निम्त्याएका राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश सदस्य विपेस खत्री र जिल्ला सभापति पनि ७ गते विहान सवारी साधनमा गुम्देल पुगेका थिए ।

दिउसो लगभग ११ः३० मा शुरु भएको कार्यक्रमको अध्यक्षता उमाकुण्ड गाउँपालिकाका सभापति नवराज बस्नेत, बागमती प्रदेश सदस्य विपेस खत्रीको प्रमुख वक्तको रुपमा र जिल्ला सभापति रमेश रायमाझी विशेष बक्ताको रुपमा र जिल्ला उप–सभापति मोहन कार्की, जिल्ला सहसचिव टेक बहादुर सुनुवार, जिल्ला सदस्य लक्ष्मण बस्नेत, ईस्वरी लामिछाने लगायतको अतिथिको उपस्थितिमा सुुरु भएको वडा अधिवेशन कार्यक्रम भव्य रुपमा गुम्देल वडाका नागरिकहरुको बाक्लो उपस्थितिमा ११ सदस्य वडा समिति चयन भएको छ ।

वाडन. १ वडाका निर्वाचित पदाधिकारीहरु
सभापति( ङिमा वाङछु शेर्पा
उप(सभापति(कान्छा शेर्पा
सचिब(जगतबहादुर कार्की
सदस्यहरुस्(
१। हरिराम बस्नेत
२। रिन्जी शेर्पा
३। अनिल लामिछाने
४। यज्ञ कुमारी भुजेल
५। सन्त कुमारी बिक
६। लिला कुमार कार्की
७। श्याम बस्नेत
८। वाङ्छु शेर्पा

७ गते गुम्देलमा वडा अधिवेशन सकेर पैदल यात्रामा नै फर्किका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरु सोही रुट प्रयोग गरी वाडन २ बाम्तीमा आई बास बसेका थिए ।
८ गते बाम्तीमा वाडन २ को वडा अधिवेशनमा झण्डै ५०० को हाराहारीमा वडाका स्थानीयहरुको उपस्थितिमा ११ सदस्य पदाधिकारीहरु चयन भएका हुन् ।

दुई न. वडामा निर्वाचित पदाधिकारीहरुको नामवली यस प्रकार छ ।
सभापति( चेत कुमार लामिछाने
उप(सभापति(सिर्जना बस्नेत कार्की
सचिब(इन्द्रकमल विश्वकर्मा
सदस्यहरुस्(
१। सन्जु लामा
२। आङछिरी शेर्पा
३। नवीन बस्नेत
४। डोल्मा लामा शेर्पा
५। सन्तोष बस्नेत
६। कल्याण बस्नेत
७। निङ्मा शेर्पा
८। पेमछिरी शेर्पा
वाडन २ को पदाधिकारीहरु चयन पछि उल्लासमय वातावरणमा वडा अधिवेशनमा आएका सर्वसाधारणहरु र पार्टीका नेता कार्यकर्ताहरु संयुक्त रुपमा नाचगान समेत गरेका थिए ।
सोही दिन कार्यक्रम सकेर तीन नम्बर वडामा पैदल नै आएका पार्टीका नेताहरुलाई जिल्ला सदस्य लक्ष्मण बस्नेतले कुबु कास्थालीमा स्वागत गरेका थिए । उक्त रात लक्ष्मण बस्नेतको घरमा नै बास बसेर ९ गते तीन नम्बर वडा अधिवेशन सकेको थियो।

वाडन तिनमा निर्वाचित पदाधिकारीहरु यस प्रकार छन् ।
वरिष्ठ सल्लाहकार(पवित्र सुनुवार
सभापति( रामबहादुर कार्की
उप(सभापति(हिरा नेपाली
सचिब(तुलाराज महत
सदस्यहरुस्(
१। राजु सुनुवार
२। रामबहादुर बस्नेत
३। रामकुमार कटुवाल
४। सुन्तली नेपाली
५। लिला कटुवाल
६। राजकुमार कार्की
७। मक्कर नेपाली
८। शिब कटुवाल
उकत कुबुमा पनि वडा भेलामा नागरिकहरुको उपस्थिति बाक्लो रहेको थियो । कार्यक्रममा निर्वाचित पदाधिाकरीहरु र सर्वसाधारण नागरिक नेता कार्यकर्ता पार्टीको वडा समिति गठन गर्न सफल भएको उपलक्ष्यमा पार्टीकै गीत बजाएर नाचगान गरेका थिए ।

सोही वडा अधिवेशन सकेर कुबुवाट पैदल ५ नम्बर वडाको डाडाखर्कमा आईपुगेको टोली डाडा खर्कमा बास बसी १० गते डाडा खर्कमा वडा भेला गरी भव्य रुपमा सम्पन्न गरेको थियो । उक्त ५ वडामा सवैभन्दा धेरै पार्टी प्रवेश गर्नेको लर्को लागेको थियो पार्टी प्रदेश गर्ने नागरिकहरुलाई कार्यक्रमका प्रमुख बक्ता बागमती प्रदेश सदस्य विपेश खत्री, विशेष बक्ता जिल्ला सभापति रमेश रायमाझी, अतिथि बक्ता जिल्ला उप–सभापति मोहन कार्की, जिल्ला समितिका पदाधिकारी, गाउँपालिका समितिका पदाधिकारी, १ न. वडामा निर्वाचित पदाधिकारीहरु क्रमश कार्यक्रममा थपिदै आएकाहरु समेतले पार्टी प्रदेश गर्ने नागरिकहरुलाई पार्टीको लोगो लगाई स्वागत गरेका थिए । कार्यक्रममा बृद्धाबृद्धा बा–आमाहरुको उत्साहले देश परिवर्तनको पक्षमा सुशासनको पक्षमा जनलहर छ भन्ने भान गराएको थियो । ५ वडामा उत्साहका साथ समिति चयन गरी संयुक्त रुपमा नाचगान भएको थियो ।

५ न. वडामा निर्वाचित पदाधिकारीहरु वरिष्ठ
सल्लाहकारः प्रेमबहादुर कार्की
सभापतिः हरि बहादुर कार्की
उप–सभापति तुलाराज कार्की
सचिवः पृथ्वीनाथ गुरागाई
सदस्यहरु
जुनमाया सुनार विक
सानिमाया सुनुवार
चुइन्द्र कार्की
देवकी पौडेल
चित्र बहादुर तामाङ
ईश्वर मगर
एमन लामिछाने
शेखर लामिछाने

१० गते ५ न. को वडा अधिवेशन सकेर नजिकै रहेको ४ न.वडा च्यादलुमा पैदल यात्रा गरेर पुगेका पार्टीका नेता कार्यकर्ताहरुले ११ गते ४ नम्बर वडामा वडा भेलाको आयोजना गरी वडा समिति चयन गर्न सफल भएको छ ।

४ न. वडामा निर्वाचित पदाधिकारीहरु
बरिष्ट सल्लाहकार( सुर्य बहादुर बस्नेत
सभापति( याम बहादुर सुनुवार
उप(सभापति(मान बहादुर थामि
सचिब(चन्द्र बहादुर कार्की

सदस्यहरुस्
(करुणा नेपालि
(राजन लामिछाने
(मान बहादुर सुनुवार
(पबित्र आचार्य बस्नेत
( बिनोद लामिछाने
( शिव सुनुवार
( खड्ग माया भण्डारी
( दल बहादुर बस्नेत
वडा अधिवेशनमा सवै वडाहरुमा कार्यक्रमका अध्यक्षता उमाकुण्ड गाउँपालिकाका सभापति नवराज बस्नेतले गरीरहेका छन् । भने प्रमुख बक्ताको रुपमा बागमती प्रदेश सदस्य बिपेस खत्रीले गरी रहेका छन् । विशेष बक्ता जिल्ला सभापति रमेश रायमाझीले गरिरहेका छन् । अतिथि जिल्ला उप–सभापति मोहन कार्की, निर्वाचन क्षेत्र पूर्व उप–सभापति ईवेन्द्र दाहालले गरिरहेका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend