logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

महाशिवरात्रिमा पशुपति आएका साधु सन्तलाई बाटो खर्चसहित बिदाइ गरियो


  • जन आकाश
  • शुक्रबार, फाल्गुन १६ २०८१

काठमाडौं ।  महाशिवरात्रिमा पशुपतिनाथमा मेला भर्न आएका साधु सन्तहरुलाई शुक्रवार बाटो खर्चसहित बिदाइ गरिएको छ । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले बाटो खर्चसहित साधु सन्तहरुलाई बिदाइ गरेका हुन् ।



पशुपतिनाथ मन्दिरको मूल गेट अगाडि एक कार्यक्रम गरी उनीहरूलाई बाटो खर्चसहित बिदाइ गरिएको छ । साधु सन्तहरुलाई शुक्रवार दिउँसो सम्मको खाना र आवासको समेत व्यवस्था गरिएको कोषले जानकारी दिएको छ ।

साधु सन्तहरुलाई बाटो खर्च दिने काम गुठी संस्थानले मात्रै गर्दै आएकोमा केही वर्षयताबाट कोषले पनि केही खर्चको व्यवस्था गर्न थालेको हो

परापूर्वकाल देखिनै महाशिवरात्रि मेलामा आएका स्वदेशी तथा विदेशी साधु सन्तहरुलाई गुठी संस्थानले खाना, बस्न र बाटो खर्चको व्यवस्था गर्दै आएको छ । बिदाइका क्रममा कोषले साधु सन्तहरुलाई रुद्राक्षको माला समेत लगाई दिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend