logo बिहिबार, कार्तिक १३ २०८३ | Thursday 29th October 2026

एनपीएलमा आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै


  • जन आकाश
  • बिहिबार, कार्तिक १३ २०८३

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्। आज दिउँसो १२ बजे जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। यस्तै, दोस्रो खेल बेलुकी ५ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ।



जनकपुर दोस्रो खेल खेल्दैछ भने काठमाडौंले आज प्रतियोगितामा पहिलो खेल खेल्दैछ। यसअघि जनकपुर कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो।

यस्तै, विराटनगर किङ्स पनि पहिलो जितको खोजीमा छ। पहिलो खेलमा विराटनगर चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो। कर्णाली भने जनकपुरलाई हराउँदै जितको सुरुवात गरिसकेको छ। आज विराटनगर पहिलो जित निकाल्ने लक्ष्यमा हुँदा कर्णाली लगातार दोस्रो जितको खोजीमा हुनेछ।

नेपालमा जारी एनपीएलले अन्तर्राष्ट्रिय स्तरमा समेत ध्यान आकर्षित गरिरहेको छ। प्रतियोगिताले नेपाली क्रिकेटको विकाससँगै नेपालको पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend