जन आकाश
रामेछाप– रामेछापको गोकुलगंगा युवा सञ्जालको आयोजनामा गोकुलगंगा च्याम्पियन सिप–२०८१ बागमती प्रदेशस्तरीय अन्तर–पालिका पुरुष भलिवल प्रतियोगिताको समापन समारोहमा नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) आउने भएकाछ्न ।
कार्यक्रमको उदघाटनमा प्रमुख अतिथिकाको रुपमा वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले आएका थिए । खेल जगतको विकास गर्न प्रदेश सरकार सँधै प्रतिबद्ध रहेको र यस्ता खेल प्रतियोगिताका कारण स्थानीय पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रबद्र्धनमा सघाउ पुग्ने उनले विश्वास व्यत गरेका थिए ।
खेलकुद क्षेत्रको माध्यमबाट गोकुलगंगा, रामेछापको सामाजिक, धार्मिक, सास्कृतिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गरी पर्यटन प्रबद्र्धन गर्ने, प्रतियोगितामा समावेश उत्कृष्ट खेलाडीहरुको पहिचान गरी उनीहरुलाई अन्य उच्चस्तरको प्रतियोगितामा छनौटको लागि प्रतिभा प्रदर्शनको अवसर प्रदान गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । त्यसैगरी गौरब, सामाजिक सम्बन्ध तथा एकताको सन्देश दिने जस्ता उद्देश्यले पनि उक्त च्याम्पियनशिपको आयोजना गरेको गोकुलगगा युवा सन्जालका अध्यक्ष अनुज खड्काले बताएकाछ्न ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend