जन आकाश
विनोद कार्की
रामेछाप – रामेछापको गोकुलगंगा युवा सञ्जालको आयोजनामा बागमती प्रदेशस्तरीय अन्तर–पालिका पुरुष भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
फागुन १४ गतेबाट निरन्तर चलेको गोकुलगंगा च्याम्पियनसिप–२०८१ को समापन समारोहमा प्रमुख अतिथिको रूपमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को उपस्थित रहेको थियो ।

कार्यक्रमको सभापतित्व अनुज खड्काले गरेका थिए भने विशेष अतिथिका रूपमा जिल्ला समन्वय प्रमुख चिना कार्की, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजि बाहादुर खड्का, उपाध्यक्ष उषादेवी कार्की, नेपाली कांग्रेसका पार्टी सल्लाहकार कृष्ण महत तथा नेपाली काङग्रेसका नेपाल तरूणा दलका केन्द्रिय सदस्य रमेश खड्का लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

चार दिनसम्म चलेको भलिबल प्रतियोगितामा गोकुलगंगा गाउँपालिकाले प्रथम स्थान हासिल गर्न सफल भयो भने लिखु तामाकोसी गाउँपालिकाले दोस्रो स्थान, जिरी नगरपालिकाले तेस्रो स्थान र कमलामाई नगरपालिकाले सान्त्वना स्थान प्राप्त गर्न सफल भएको छ ।
उक्त कार्यक्रममा बोल्दै ऊर्जा तथा जलस्रोत राज्यमन्त्री कान्छाराम तामाङले गोकुलगंगा युवा सञ्जालले आयोजना गरेको यस भलिबल प्रतियोगितामा प्रमुख अतिथिको रूपमा सहभागी हुन पाउँदा खुशी लागेको बताए । साथै, गोकुलगंगा गाउँपालिकाको विकासका लागि आफू सधैं तत्पर रहने र स्थानीय भूगोलको अध्ययन गरेर प्रभावकारी विकास योजनाहरू लागू प्रतिबद्धता समेत जनाए ।

गोकुलगंगा युवा सञ्जालका अध्यक्ष अनुज खड्काले कार्यक्रम सफल ढंगले सम्पन्न गर्न सहयोग पु¥याउने सम्पूर्ण सहानुभावलाई धन्यवाद व्यक्त गर्दै कुनै कमी–कमजोरी भए क्षमायाचना गर्दै आगामी दिनहरूमा अझ व्यवस्थित र भव्य कार्यक्रम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend