logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठीपीडित र प्रहरीबीच झडप


  • जन आकाश
  • सोमबार, फाल्गुन १९ २०८१

काठमाडौं । नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठीपीडित र प्रहरीबीच झडप स् १२ जना प्रदर्शनकारी नियन्त्रणमा
झडपका क्रममा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते



काठमाडौंको नयाँ बानेश्वरमा गुठीपीडित र प्रहरीबीच झडप भएको छ । आइतबार ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समिति’ले गरेको प्रदर्शनमा झडप भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहरा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो
एसपी बोहराका अनुसार झडपमा प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् । उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको छ ।

त्यस्तै प्रहरीले १२ जना गुठीपीडित प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये ५ महिला र ७ पुरुष रहेको एसपी बोहराले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend