logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

पारस शाह लाई चौथोपटक हृदयघात


  • जन आकाश
  • सोमबार, फाल्गुन १९ २०८१

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हदृयघात भएको छ । शाहलाई आइतबार बेलुका हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो । उपचारमा संलग्न चिकित्सका अनुसार आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको छ ।



‘हिजो बेलुका हृदयघात नै भएर आउनु भएको थियो । हामीले एन्जीयोप्लाष्टिक गर्यौं,’ ती चिकित्सकले बताए ।
भने, ‘अहिले स्वास्थ्य अवस्था सुधार उन्मुख छ ।

चिकित्सकका अनुसार पारसलाई अहिले चौथो पटक हृदयघात भएको हो ।

पारसलाई किन पटक पटक हृदयघात भइरहेको छ भन्ने प्रश्न ती चिकित्सकले भने, ‘राज परिवारमा हृदयघात वंशाणुगत समस्या छ । पारसमा पनि हृदयघात हुनुमा बढी वंशाणुगत कुराले प्रभाव पारेको देखिन्छ

ती चिकित्सकका अनुसार अबको तीन दिन अझै अस्पतालको निगरानीमा राखिनेछ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend