logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक छ प्रचण्ड


  • जन आकाश
  • मंगलबार, फाल्गुन २० २०८१

काठमाडौं । नेकपा. माओवादी. केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनचाँदी व्यवसायलाई व्यवस्थित छुट्टै ऐन आवश्यक रहेको बताएका छन्।
कैलालीमा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औं स्थापना दिवसमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले भने, ‘मैले प्रधानमन्त्रीको



रुपमा यो व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल चलाउन सुरू गरेको थिएँ, छुट्टै ऐनबिना यति ठूलो व्यवसायलाई व्यवस्थित गर्न सकिदैँन। यसबारेमा धेरै पहिलेदेखि देशभरिका व्यवसायले आवाज उठाउँदै आउनुभएको छ, यो माग जायज छ।’

काठमाडौंमा मात्रै केन्द्रित रहेको सुनचाँदीको थोक कारोबार कम्तीमा प्रदेश राजधानीसम्म गरिनुपर्छ भन्ने व्यवसायीको माग जाजय रहेको र यो संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुरुप हुने उल्लेख गर्दै यसका लागि पहल अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेको सचिवालयले जनाएको छ।

यसमा मदिराजस्तो विलासिता कर लगाउने कानुनी व्यवस्था सही नभएकाले यसलाई हटाउन कानुन नै आवश्यक रहेको उनको भनाइ छ।

आफू प्रधानमन्त्री भएको बेलामा सुनचाँदीको परम्परागत व्यवसायलाई प्रवर्धन गर्न नीति तथा कार्यक्रम र बजेटमा पनि समावेश गरिएको जानकारी गराउँदै यसको कार्यान्वयनका लागि व्यवसायीले आवाज उठाउन आवश्यक रहेको उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend