logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

थापाथलीमा फुटेको मेलम्चीको पाइप मर्मत कार्य सुरु


  • जन आकाश
  • मंगलबार, फाल्गुन २० २०८१

काठमाडौं । काठमाडौँको थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्चीको मुख्य पाइपलाइन मर्मत कार्य सुरु गरिएको छ । अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड .केयुकेएल. को



प्राविधिक टोलीले फुटेको पाइपलाइन मर्मत कार्य सुरु गरिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएल का इन्जिनियर प्रकाश बरालले जानकारी दिए ।

उनले भने, ‘आज बिहान थापाथलीमा मेलम्चीको फुटेको पाइप मर्मतका लागि हाम्रो टोली खटिएको छ । आज मर्मत कार्य सकेर आजै पानी वितरण सुचारु गर्ने तयारीमा छौँ ।’

यता खानेपानीमन्त्री प्रदीप यादवले थापाथलीमा के कारणले मेलम्चीको पाइप लाइन फुटेको हो सो विषयमा पत्ता लगाउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएल लाई निर्देशन दिएका छन् ।

‘के कारणले पाइप फुटेको हो । त्यसको यकिन कारण पत्ता लगाउन छानबिन गरी अब उपरान्त यस्ता घटना दोहरिन नदिनुहोला,’ मन्त्री यादवले भने ।

बिहानै पाइप फुट्दा उक्त क्षेत्रमा बाढी आएर जलमग्नु हुनुका साथै सडक समेत अवरुद्ध भएको थियो। थापाथली चोकबाट निर्भीक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलहरूमा पसेको थियो ।

यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालयहरू डुबानमा परेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend