logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

२८४६ अंकमा झर्‍यो सेयर बजार, घटे सबै सेक्टर


  • जन आकाश
  • मंगलबार, फाल्गुन २० २०८१

काठमाडौं । मंगलबार सेयर बजार ३०.३६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८४६ अंकमा कायम भएको छ । बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९४ करोडको भयो ।



४१ कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो भने ५ स्थिर रह्यो । सबै सेक्टरका सूचक घटेका छन् । बैंकिङ १।०५, विकास बैंक ०।३९, फाइनान्स २।१०, होटल तथा पर्यटन ०.९७, हाइड्रोपावर १.०८, लगानी १.७५, जीवन बीमा ०.६९, उत्पादन २.२१, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा १.११, अन्य ०.०६ तथा व्यापार समूह ०.८४ प्रतिशत घटे ।

गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै आत्मनिर्भर लघुवित्तको ६.६६, युनिभर्सल पावरको ५.७४, बरुण हाइड्रोपावरको ५.६०, शिवश्री हाइड्रोपावरको ५.३० प्रतिशत मूल्य बढ्यो ।

सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो । सिर्जनशील लघुवित्तको ९, नेपाल रिपब्लिक मिडियाको ७.४ तथा समाज लघुवित्तको ५.८७ प्रतिशत मूल्य घट्यो । आज पनि हिमालयन रिइन्स्योरेन्सको १ अर्ब बढीको कारोबार भयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend