logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

संसद् बैठकअघि प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक


  • जन आकाश
  • बुधबार, फाल्गुन २१ २०८१

काठमाडौं । नेकपा .माओवादी केन्द्र.का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । बिहान प्रचण्ड निवास



खुमलटारमा पदाधिकारीको अनौपचारिक बैठकले विपक्षी दलहरूकोबैठक बोलाएको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा भाग लिनका लागि अध्यक्ष प्रचण्डसहित माओवादीका शीर्ष नेताहरू अहिले संसद् भवन नयाँ बानेश्वर जाँदैछन् । विपक्षमा माओवादी, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा, राजमो, आजपा रहेका छन् ।

सरकारले भूमिसम्बन्धी अध्यादेश बाहेक पाँचवटा अध्यादेश आज दिउँसो बस्ने संसद् बैठकमा निर्णायर्थ पेस गर्ने तयारी गरेको बेला विपक्षी दलको

बैठक बस्न लागेको हो । यसअघि बसेको विपक्षी दलको बैठकले सरकार संसद् छलेर अध्यादेशबाट शासन गर्न लागेको निष्कर्ष निकाल्दै संयुक्त रूपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend