जन आकाश
रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी रामेछापले वडा समिति विस्तार गर्ने क्रममा आज गोकुलगगा गाउँपालिका वाडन २ ठोसेमा वडा भेला आयोजना गरी अधिवेशन सम्पन्न गरेको छ।
गोकुलगंगा गाउंपालिकाले आयोजना गरेको कार्यक्रमको आकर्षक सारदा माविका पुर्व प्रधानध्यापक बौद्धिक व्यात्तित्व स्यामलाल श्रेष्ठ, पुर्व गाविस उपाध्यक्ष, समाजसेवी जगत आले मगर, पुर्व शिक्षक हेमराज श्रेष्ठ, रहेका थिए।राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप जिल्ला निर्वाचन क्षेत्र संयोजक विष्णु कार्कीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख वक्ता बागमती प्रदेश सदस्य बिपेश खत्री, जिल्ला उप-सभापति मोहन कार्की, जिल्ला कोषाध्यक्ष समीक्षा श्रेष्ठ, साथै निर्वाचन क्षेत्र पूर्व सह-संयोजक इवेन्द्र दाहाल, उमाकुण्ड गाउपालिकाका सभापति नवराज बस्नेत, उमाकुण्ड- काठमाडौ सम्पर्क समितिका उप- सभापति इस्वर कार्की ज्युको आथित्यतामा कार्यक्रम भब्य र सब्य रुपमा सम्पन्न भएको हो।
उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै पुर्व प्रधानध्यापक श्यामलाल श्रेष्ठले ” आजसम्म आफुले कुनै पार्टीको सदस्यीय नलिएको तर निर्वाचन हुदा मत असल व्यात्ति हेरर मतदान गरेको तर कतिले कुनैले हारे कुनैले जिते म त्यता जान चाहान्न र मैले नै पढाएको बिध्यार्थि मोहन कार्की अहिले रामेछाप जिल्लाको राष्ट्रिय स्वतन्त्र पार्टीको उप- सभापति भएर याहा वडा अधिवेशन गराउन आएको देख्दा खुशी लागेको बताए, उनले आउदो निर्वाचनमा पनि उम्मेद्वार हेरेर मतदान गर्ने उल्लेख गरे।
त्यसैगरी अर्का जेष्ठ नागरिक जगत आले मगरले आफु बृटिस सेनामा जागिर खाएर पेन्सनर भइ नेपाल आएको म सगैका ब्याजिहरु उतै सेवा सुबिधा लिएर बसेका छन तर मलाइ साथिहरुले उत्तै बसौ भनेर भन्दा मलाइ मेरै गाउको माया लाग्यो । याहाको परिवर्तनको लागि धेरै कामहरु पनि गरे अहिले म ८४ बर्ष लागे अहिले एमाले काङ्ग्रेसहरुले गरेका कामहरु चित्त बुझ्दा छैनन् माओवादीको हेरिसकयौ। एकपटक घण्टी पार्टीलाइ हेरर गाउका युवाहरूलाई गाउमा नै अड्याउने काममा लागौ भन्दै उपस्तिथित सवैलाइ आग्रह समेत गरेका थिए।
त्यस वडा अधिवेशनका प्रमुख बक्ताको रुपमा आएका बागमती प्रदेस सदस्य बिपेस खत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना हुनुको कारण र पार्टीले गर्ने कामहरुको वारेमा जानकारी गराएका थिए।
कार्यक्रम सभ्य र भव्य बनाउन सहयोग गर्नुहुने सवैलाइ कार्यक्रमका अध्यक्ष बिष्णु कार्कीले धन्यवाद दिएका थिए।
कार्यक्रम सन्चालन राष्ट्रिय स्वतन्त्र पार्टीका क्रीयाशिल सदस्य भावत घिमिरेले उत्कृष्ट ढंगबाट सन्चालन गरेका थिए।
सर्वसहमत १४ सदस्यीय पदाधिकारीहरुलाइ जिल्ला उप- सभापति मोहन कार्कीले सपथ ग्रहण गराएका थिए।
गोकुलगगा २ वडा अधिवेशनवाट चयन भएका पदाधिकारीहरुको नामवली यस प्रकार छ।
बरिष्ट सल्लाहकार-याम बहादुर कार्की
सल्लाहकार-तेम्निमा शेर्पा
सल्लाहकार-नर बहादुर बि.क
सभापति-कुमार कार्की
उप-सभापति-खड्ग बहादुर बि.क
सचिब-सुजन श्रेष्ठ
सदस्यहरु:-
तेज बहादुर श्रेष्ठ
किपाले शेर्पा
रोजिना राउत
तेम्बा शेर्पा
गुन्ज बहादुर कार्की
झपड बहादुर बस्नेत
डेण्डी शेर्पा
ओम बहादुर कार्की
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend