जन आकाश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार संघीय संसद भवनबाट बाहिरिँदै थिए।
यही क्रममा एक जना पत्रकारले प्रधानमन्त्री ओलीलाई प्रश्न सोधिन्
प्रधानमन्त्रीज्यू, तपाईंको अनुहार अलि मलिनो देखिएको छ, कसैसँग बोल्न चाहनुहुन्न। राजावादीहरूले त राजालाई वैशाख ११ गते दरबारमा राखिछाड्छु भनेका छन् नि त, के भन्न चाहनुहुन्छ ?
प्रधानमन्त्री ओलीले धैर्यपूर्वक प्रश्न सुने।
पत्रकारले फेरि प्रश्न थपिन राजदरबारमा राजगद्दीमा बसालेरै छाड्ने रे, के भन्न चाहनुहुन्छ
यसपछि प्रधानमन्त्री ओलीले जबाफ दिए।
राजगद्दीजस्तो एउटा कुर्सीमा त जहाँ पनि राख्न सकिन्छ, होला। खुट्टी देख्दै पत्याइयो,’ यति भनेर प्रधानमन्त्री ओली अघि बढे।
प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएका अभिव्यक्तिपछि राप्रपालगायत दलहरूले पछिल्लो समय ती अभिव्यक्तिलाई स्वागत गर्नेदेखि विभिन्न कार्यक्रमहरू गर्दै आएका छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend