logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कर्णाली प्रदेशको सुर्खेतमा प्रधानमन्त्री पुग्दा सडक खाली गराइयो, स्थानीयको विरोध


  • जन आकाश
  • शुक्रबार, फाल्गुन २३ २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अहिले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा छन् ।
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह, कर्णाली प्रदेश सभामा सम्बोधन, रंगशाला अवलोकन लगायतका कार्यक्रम तय गरेर उनी शुक्रबार सुर्खेत पुगेका हुन् ।



प्रधानमन्त्री पुगेपछि सुर्खेत विमानस्थलबाट रत्न राजमार्ग हुँदै दैलेख चोकसम्म सडक खाली गराइएको थियो ।
केहीबेर सवारी आवागमनसमेत अवरुद्ध भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका छन्

उनीहरूले सडकमा अनावश्यक रुपमा रोकेको भन्दै हर्न बजाएर विरोध जनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend