जन आकाश
oplus_33
रामेछाप । भुमि समस्या सावधान आयोग रामेछापद्धारा आयोजित भुमि समस्या सावधान अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम मन्थलीस्थित मन्थली नगरपालिकाको हलमा यहि मितिः २०८१ साल फागनु २५ गते भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका केन्द्रीय भुमि समस्या सावधान आयोगका अध्यक्ष हरि प्रसाद रिमालले भुमि प्रयोग गर्ने अधिकार जस्ले वडामा नागरिता र जन्मदर्ता गर्छ उसैले भुमिको समस्याको सावधान गर्न पनि स्थनीय सरकारको नै ठूलो अधिकार हुने बताएका छन् । उनले थप्दै भनेका छन् ।

oplus_2
२०७२ सालको संविधानले कुनै पनि नागरिक आवासवाट बञ्चित हुन नपरोस भनेर संविधानमा नै उल्लेख छ । नेपाली नागरिक बंशजको आधारमा उसग नागरिता छ । तर जग्गा जमिन छैन । त्यसैले कुनैपनि जनता आवास, गास, बास,कपास आधारभूत आवश्यकतावाट कोहीपनि बञ्चित हुन नपारोस भनेर यो आयोग गठन भएको उल्लेख गरेका हुन् ।
कार्यक्रमा रामेछाप जिल्लका प्रदेश सभासदहरु, जिल्ला समन्व प्रमुख लगायत पदाधिकारीहरु, जिल्ला प्रमुख अधिकारी, सुरक्षा कर्मीहरु, पालिकाका जन प्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधिहरु, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमा उपस्थितहरुलाई रामेछाप भुमि समस्या सावधान समितिकी गंगा कार्कीले स्वागत मन्तव्यले स्वागत गरेकी थिइन ।

oplus_2
कार्यक्रमलाई भुमि विज्ञ डा. जगत बस्नेतले भुमि समस्या र सावधान नीति, नियम ऐन कानुनको विषयमा उपस्थितरुलाई शिक्षण गराएका थिए । बिभिन्न पालिकावाट आएका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरुले राखेको जिज्ञासाको उत्तर डा. जगत वस्नेतले दिएका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता रामेछापका भुमि समस्या सावधान समितिका अध्यक्ष गौतम लामाले कार्यक्रममा उपस्थितिहरुलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमको सञ्चालन रामेछाप भुमि समस्या सावधान समितिका सदस्य मिलन घिसिङले उत्कृष्ट ढंगवाट प्रस्तुत गरी बीच बीचमा जानकारी गराउदै कार्यक्रम सफल बनाउन भुमिका निर्वाह गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend