जन आकाश
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र बिगत २ वर्ष देखि आफ्नो सेवाग्राहीहरूको स्वास्थ्यलाई आफ्नोप्रथम प्राथमिकता दिदै आएको शुक्र हाउस अफ डाईग्नोस्टिक्स्एन्ड वेलनेस्सेन्टर बिच एससीटी– युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई विशेष छुट दिने सम्झौता भएको छ ।
एससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूले यो छुट पाउनका लागि आफ्नो एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्नु पर्छ । ग्राहकहरूले त्यसरी एइक्भु मार्फत क्तानी गर्दा इन हाउस रुटिन टेस्टमा २०% छुट, इन हाउस स्पेसियलाइजेसन्टेस्टहरूमा १५% छुट, आउट सोर्स टेस्टहरूमा ५% छुट, र एक्सरे, यु एस्जी , इ सी जी , र इको गर्दा १०% छुट पाउनु हुनेछ ।
यसका साथैएससीटी–युपिआइ कार्ड प्रयोगकर्ताहरूलाई काठमाडौँ उपत्यका भित्र घरमै बसी बसी हुने चिकित्सक परामर्श सेवामा ५% छुट, नर्सिङ्ग केयर सेवामा ५% छुट, र नेपाल अधिराज्य भरि नै टेलिमेडिसीन्सेवा मा ५% छुट रहेको छ भनेकाठमाडौँ उपत्यका भित्र निःशुल्क होम कलेक्सनको पनि सुविधा रहेको छ ।
एससीटीको हाल सदस्यहरू ५ ’क’ वर्गका बैंक, ५ ’ख’ वर्गका बैंक, ११ ’ग’ वर्गका बैंक र १००+ सहकारी संस्थाहरू रहेका छन् । ग्राहकहरूको स्वास्थ्यलाई मध्यनजर राखेर एससीटी र शुक्र हाउस अफ डाईग्नोस्टिक्स् एन्ड वेलनेस्सेन्टरले ल्याएकोयो अफरलेमाथि उल्लेखित बैंकहरूबाट एससीटी युपिआइ कार्ड लिनुभएका ग्राहकहरूलाई पूर्ण फाइदा लिन दुवै पक्ष्यबाट प्रोत्साहित गरिएको छ ।
एससीटी–युपिआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको एससीटीसँग आबद्ध बैंकमा गएर सजिलैएससीटी युपिआइ कार्ड लिन सक्नुहुनेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend