logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आईपुग्यो नथिङ फोन थ्रि ए


  • जन आकाश
  • बुधबार, फाल्गुन २८ २०८१

काठमाडौं । मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा आईपुगेको छ ।



चौधरी समूह अन्तर्गतको सिजी टेलिकमले नेपाली बजारमा नथिङ नथिङ फोन थ्रि ए सेरिज लन्च गरेको हो । विश्व बजारमा हट केक सावित भएको नथिङ फोन थ्रि ए सेरिजले नेपाली बजारमा पनि उपभोक्ताको अत्याधिक राम्रो आकर्षण प्राप्त गर्न सफल भएको छ ।

गएको मार्च ५ तारिक देखि प्रिबुकिङ शुरु गरिएको नथिङ फोन थ्रि ए को प्रिबुकिङ दोश्रो दिन नै बन्द गरिएको थियो ।

लिमिटेड स्टकमा दिएको एक्साईटिङ प्रिबुकिङ अफरमा उपभोक्ताको अत्याधिक आकर्षण भएकैले तोकिएको अवधी नसकिंदैं प्रिबुकिङ अफर रोक्नु परेको सिजी मोबाइलका महाप्रबन्धक विनय जोशीले बताएका छन् ।

नथिङ टेक इन्थ्युजियास्टहरुको सर्बाधिक प्रिय स्मार्टफोन ब्राण्ड हो । स्मार्ट फोन डिजाईन निक्कै बोरिङ् भए यसलाई नयाँ डिजाईन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाईन गरिन आवश्यक छ भन्दै नथिङका संस्थापक कार्ल पेई ले आफ्नो पहिलो स्मार्टफोन फोन वान लाई प्रिमियम लुक्स र डिजाईनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend