logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सुमन बीटी र लक्ष्मी मल्लको आवाजमा “सान्नानी” गीत सार्वजनिक


  • जन आकाश
  • बुधबार, फाल्गुन २८ २०८१

काठमाडौँ। गायक सुमन बीटी र गायिका लक्ष्मी मल्लको आवाजमा नयाँ गीत “सान्नानी” सार्वजनिक भएको छ। उक्त गीत सुमन बीटी अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।



गीतको शब्द र संगीत श्रीकृष्ण बम मल्लले तयार पारेका छन् भने, पछिल्लो समयका चर्चित गायक सुमन बीटी र लोकप्रिय गायिका लक्ष्मी मल्लको आवाज यस गीतमा सुन्न सकिन्छ। गीतको कोरियोग्राफी बद्री बिष्टले गरेका छन् भने, निर्देशन जेरी भण्डारीको रहेको छ। यस गीतमा अभिनय गर्ने कलाकारहरूमा बद्री बिष्ट, सन्चिता बोलाखे, सुमन बीटी, र ममता ओलीको अभिनय आकर्षक रूपमा प्रस्तुत गरिएको छ।

विशेष गरी, यो गीतबाट गायक सुमन बीटीको प्रशंसा गरिएको छ। गायक सुमन बीटीका थुप्रै लोकप्रिय गीतहरू बजारमा सार्वजनिक भइसकेका छन्। “तिमी र म जाम माया,सक्दिना, मेरी त प्यारी,पास गरौला,तिमी बिना सक्दिना ” जस्ता गीतहरूले धेरै सफलता प्राप्त गरेका छन् भने कति गीतले सांगीतक क्षेत्रमा इतिहास समेत रच्न सफल भएकाछन् ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend