logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेक र मलेसियाको जे एस जे कलेजवीच शैक्षिक समझदारी कायम


  • जन आकाश
  • शुक्रबार, चैत्र १ २०८१

काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी भएको छ ।



कार्यक्रमहरुको आदानप्रदान गर्ने, अनुसन्धान तथा परियोजनामा सहकार्य गर्ने, प्रबिधि र स्रोतको साझा प्रयोग, तालिम तथा सेमिनार आयोजना गर्ने हेतुले दुइवटा शैक्षिक संस्था बीच समझदारी भएको हो ।

समझदारीमा नेकको तर्फबाट सहायक प्राचार्य इन्जिनियर सह–प्राध्यापक मोहनध्वज के.सी. र जे एस जे कलेज मलेसियाको तर्फबाट चिफ कार्यकारी अधिकृत डा. के. हरिकृष्णनले हस्ताक्षर गर्नु भएको छ ।

सहायक प्राचार्य के.सी.ले समझदारीले दुई कलेजको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न, विद्यार्थीहरुको पढाई र अनुसन्धानलाई अझ फराकिलो बनाउन टेवा पुग्ने बताउनु भयो ।

‘विद्यार्थीहरुको ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्न, पढाईको गुणस्तरीयता कायम गर्न तथा विद्यार्थीहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै एक्सपोज हुने अवसर प्रदान गर्न विभिन्न देशका प्रतिष्ठित कलेजहरुसँग हाम्रो सहकार्य भइरहेको हुन्छ ।

त्यसै अनुरुप मलेसियाको प्रतिष्ठित कलेज जे एस जे कलेजसँग पनि शैक्षिक समझदारी कायम गरिएको हो ।’ नेकका सहायक प्राचार्य के.सी.ले बताउनु भयो ।

जे एस जे कलेज सीपमा आधारित शिक्षा प्रदान गर्ने मलेसियाको उत्कृष्ट कलेज हो । यसलाई मलेसियाको मानव संसाधन मन्त्रालय अन्तरगतको जबातन पेम्बाङ्गुनन केमारिहनले फाइभ स्टार दिएको छ । विगत १० वर्षदेखि कलेजले विश्वब्यापी औद्योगिक उच्च दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ ।

उक्त मओयू कार्यक्रमको संयोजन इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन तथा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स विभागका विभागीय प्रमुख इ.सह–प्राध्यापक सचिन श्रेष्ठले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend