जन आकाश
भिमु परियार. सुुदुरपश्चिम अछाम
मुक्तक,
ढुङ्गालाई नै देवता ठान्ने मान्छे नै त हुन
पराईलाई नै आफ्नो मान्ने मान्छे नै त हुन्
तपाई अरुको गल्ती मात्र देख्नु हुन्छ महोदय
यहाँ जानेर पनि बिगार्ने मान्छे नै त हुन् ।।
बग लानि आशुको खोला तिमिले छोडे पछी
यो मन पनि कति रोला तिमिले छोडे पछी
तिमी सहजै भन्छौ छुट्टिनु पर्छ हामी
मेरो एक्लो जिवन के होला तिमिले छोडे पछी ।।
जिवनभर संगै जिउँला भनेकै त हो
फाटेको मन मिली सिउँला भनेकै त हो
बिच बाटोमै साथ छोडी गयौ प्रिय तिमी
आँशु पिई खुसी दिउँला भनेकै त हो ।।
पटक पटक बारम्बार किन आउँछ होला
मेरै नामको समाचार किन आउँछ होला
जस्ले छोडेर गयो उस्कै याद झन बढि
उस्कै निम्ति दिलमा प्यार किन आउँछ होला ।।
छाती माथि ढुङ्गा राखी बाच्नु परेको छ
मरेर पनि सबसामु हास्नु परेको छ
दुई मुटु एक धडकन थियौ टुक्र्याएर छोड्यौ
टुक्रिएको मुटु एक्लै गास्नु परेको छ ।।
गलत बाटो हिड्दा सहि देखाउने तपाईं नै हो बुबा
मेरो हात समाउँदै क ख लेखाउने तपाई नै बुबा
अरु त राम्रो गर्दा रिस र नगर्दा डाहा गर्ने हुन्छन्
मेरो हर सुख दुखमा रमाउने तपाई नै बुबा ।।
जिवनभर उस्कै बन्ने मन छ के पो गर्ने होला
भेट भयो कि बच्चा बन्छ के पो गर्ने होला
माया गरी बिच बाटोमै छोडि गयौ भने
म जस्तो केटि पाउदैन भन्छ के पो गर्ने होला ।।
जन्म दिने आशिर्वाद दिने तिमी नै त हौ
हरपल हरक्षण सम्झिने तिमी नै त हौ
हे आमा तिमी छौ र पो यो दुनिया छ मेरो
मलाई असल शिक्षा सिकाउने तिमी नै त हौ ।।
सभ्य बन्नु शिखर छुनु यत्ति चाहान्छु
असल बन्नु ज्ञानी हुनु यत्ति चाहान्छु
जस्तो सुकै दुःख कष्ट आए पनि जिवनमा
एक्लै बनि तिमी न रुनु यत्ति चाहान्छु ।।
बिर्सिएको छैन अझै रङ्ग उस्तै छ
मनमा पिडा अनि उमङ्ग उस्तै छ
तिमी बद्लियौ भनेर नभन प्रिया
तिमिले दिएको चिनो मसंग उस्तै छ ।।
भिमु परियार. सुुदुरपश्चिम अछाम
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend