logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

पोखराबाट अपहरणमा परेकी अमेरिकी महिलाको मकवानपुरबाट उद्धार


  • जन आकाश
  • बिहिबार, चैत्र १४ २०८१

काठमाडौं । पोखरामा एक अमेरिकी महिलाको अपहरण गरेको आरोपमा एक नेपाली महिला पक्राउ परेकी छिन् ।



पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका,४ घर भएकी ३७ वर्षीया सरिता लामा छिन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, जिल्ला प्रहरी कार्यालय मकवानपुर र कास्की प्रहरीको सहयोगमा पक्राउ गरिएको हो ।

७० वर्षीया एक अमेरिकी महिला नेपाल घुम्न आइ मुक्तिनाथ मन्दिर दर्शन गर्न भन्दै पोखरा पुगेकी थिइन् । पोखराको लेकसाइडस्थित एक होटलमा

बसेकी ती महिलालाई लामाले अपहरण गरेको आरोप छ । पोखराबाट अपहरण गरेर उनलाई मकवानपुर लगेर बन्धक बनाइएको पाइएको कास्की प्रहरीले जनाएको छ ।

अपहरण गरेर बन्धक बनाउँदै ३ लाख फिरौती मागेपछि काठमाडौंस्थित अमेरिकन दूतावासले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरीले

उनलाई उद्धार गरेको हो । पक्राउ परेकी लामाविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अपहरण तथा शरीर बन्धकको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend