logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कालिकोट जिल्लाको सदरमुकाम देखि मुगु जिल्लाको सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार


  • जन आकाश
  • बिहिबार, चैत्र २१ २०८१

काठमाडौं । नेपाल टेलिकमले कालिकोट जिल्लाको सदरमुकाम मान्मदेखि जुम्ला हुँदै मुगु जिल्लाको सदरमुकाम गमगढीसम्म पहिलो पटक All-dielectric self-supporting (ADSS) प्रविधिमा आधारित अप्टिकल फाइबर विस्तार गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको छ ।



देशको दुर्गम क्षेत्रमा समेत सर्वसुलभ रुपमा दूरसञ्चार सेवा विस्तार एवं स्तरोन्नति गर्ने आफ्नो अभियान एवम् लक्ष्य अन्तर्गत नेपाल टेलिकमले विस्तार गरेको यस सूचना महामार्गले कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर तथा क्षमता वृद्धि हुनुका साथै भविष्यमा सञ्चालनमा आउने नयाँ प्रविधिको लागि समेत महत्वपूर्ण आधार निर्माण भएको छ।

Microwave Radio Link मार्फत हाल सञ्चालनमा रहेका राजमार्ग आसपासका कम्पनीका फाइबर इन्टरनेट (FTTH) तथा मोबाइल सेवासँग सम्बन्धित उपकरणहरुका साथै NtTV ब्रान्डको टेलिभिजन सेवा समेत मिति २०८१.१२.०८ गतेबाट अप्टिकल फाइबर मार्फत सञ्चालनमा ल्याइएको छ ।

यसलाई नेपालको दूरसञ्चार क्षेत्रमा कोसेढुङ्गाको रुपमा लिन सकिन्छ । सेवा विस्तारसँगै उक्त क्षेत्रका सेवाग्राहीहरुले हाल सञ्चालनमा रहेका सेवाहरुको गुणस्तर तथा क्षमता अभिवृद्धि भएको प्रत्यक्ष अनुभव गर्नुहुनेछ । यसका साथै दुरसञ्चार सेवाको लागि आवश्यक पर्ने Transmission route को बैकल्पिक मार्ग समेत स्थापना भई अटुट सेवा प्रवाहको प्रत्याभूति हुनेछ।

नेपाल टेलिकम देशको भौगोलिक चुनौतीलाई आत्मसात् गर्दै हरेक नेपालीलाई दूरसञ्चार सेवाद्वारा जोड्नका लागि सदैव प्रतिवद्ध छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend