logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

हुलास स्टील पश्चिम क्षेत्रतर्फ व्यवसाय बढाउँदै


  • जन आकाश
  • शुक्रबार, चैत्र २२ २०८१

काठमाडौं– बाराको सिमरामा ४३ वर्षदेखि संचालनमा रहेको उद्योगले बुटवल क्षेत्रमा छिटो छरितो सेवा दिने भन्दै हुलास स्टील इण्डष्ट्रिजले बुटवलमा कारखाना खोलेको छ ।



ग्राहकले अर्डर गर्नासाथ गुणस्तरीय एच स्पान र हुलास हेरिटेज सिट उत्पादन गरी उपलब्ध गराउने उद्योगले जनाएको छ ।

उद्योगका अनुसार बुटवलमा उत्पादन तथा सेवा केन्द्र स्थापना भएसँगै त्यस क्षेत्रका ग्राहकले अर्डर गरेको २४ घण्टाभित्र डेलिभरी पाउने छन् ।

उपभोक्ताको रोजाई र साईजमा उत्पादन गरी आपूर्ति गर्ने भएको हुनाले अनावश्यक खर्च कटौती हुने उद्योगले जनाएको छ ।

‘हाम्रा डिलरहरुले धेरै स्टक राख्नु पर्ने झन्झट हट्छ । आवश्यक पर्दा मात्रै सामान मगाए हुनेछ,’ उद्योगले शुक्रबार प्रेस विज्ञप्तिमार्फत भनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend