logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

जनताको घरघरमा बिजुली पुर्याउन सक्नु मेरो कार्यकालको सफल्ता हो : कुलमान


  • जन आकाश
  • शुक्रबार, चैत्र २२ २०८१

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङले प्राधिकरणले जनताको घरघरमा बिजुली पु¥याउन सक्नु नै मेरो कार्यकालको सफलता भएको शुक्रबार पत्रकार सम्मेलन गर्दै भनेका छन् ।



‘वैदेशिक मुद्रामा चाप परेको बेला हामीले विद्युत् निर्यात गरेर अर्थतन्त्रमा योगदान ग¥यौं, निरन्तर घाटामा रहेको प्राधिकरण अर्बौं नाफामा छ, हामी प्राधिकरणलाई सशक्त र आत्मनिर्भर बनाउन सफल भयौं, लोडसेडिङ अन्त्य कुनै चमत्कार नभएर इमानदार प्रयास हो ।, उनले भने ।

सरकारले कार्यकाल बाँकी छँदै कार्यकारी बर्खास्त गरेपछि घिसिङ सरकारविरुद्ध सर्वोच्च अदालत गएका थिए । तर सर्वोच्चले अन्तरिम आदेश नदिएपछि घिसिङले यिनै सेरोफेरोमा रहेर पत्रकार सम्मेलन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend