logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

देश आन्दोलनको भुमरीमा, जनता अन्यौलमा


  • जन आकाश
  • सोमबार, चैत्र २५ २०८१

देश आन्दोलनको भुमरीमा, जनता अन्यौलमा

गणतन्त्रको विरुद्धमा आन्दोलन २ जनाको मृत्यु ।
शिक्षहरु शिक्षा ऐन नलिई शिक्षणमा नफर्कने ।
रास्वपाका सभापति सविलाई राजनीतिक प्रतिशोध ।
राप्रपा राजतन्त्र पुनःस्थापनाको जागरण अभियानमा ।
विद्युत प्रधिकरणका एमडी हटाएकोमा आन्दोन ।
जनता अन्यौलको भूमरीमा, बालेन, हर्क, गोपी चुपचाप ।
काँग्रेस र एमाले गठबन्धन आयु धरापमा, देश खतरामा ।



मोहन कार्की

नेपालमा यतिवेलमा धेरै तरिकाका आन्दोलनहरु देखिन थालेका छन् । राजतन्त्र पुनःस्थापना गर्ने राजावादीहरुको आन्दोलन शुरु भएको दिन चैत्र १५ गते २ जनाको आन्दोलनको क्रममा मृत्यु भएको छ । जसमा एकजना पत्रकार समेत परेका छन् । सयौको संख्यामा धाइतेहरु आजपनि उचचाररत छन् । राप्रपा लगायत आन्दोलनमा स्वत स्फुर्त निस्केका नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कष्टडीमा राखेको छ ।

नेपाल शिक्षक महासंघले गरेको देशव्यापी आन्दोलन अचेल राजधानी केन्द्रीत देखिएको छ । देशभरीवाट शैक्षिक शत्रको पुरक परिक्षा सकाएर विद्यालयहरु विदाको समय पारेर शिक्षकहरु नयाँ शिक्षा ऐन लागु गर्न माग गर्दै प्रत्येक दिन माइतीघर मण्डलामा जम्मा भई शिक्षा ऐन पारित गर्न माग गर्दै रचनात्मक तरिकाले गीत गाउदै, कविता बाचन गर्दै नाटक प्रस्तुत गर्दै, जादू समेत देखाएर कोही चुट्किला गाउदै, कोही कथा बाचन गर्दै सडकमा हजारौको सख्यामा जम्मा भई शिक्षा ऐन नल्याएको विरोध प्रशर्दन गरिरहेका छन् ।

अर्को नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई ३ महिना कार्य अवधि बाँकी रहदै पदवाट हटाएको भनेर असल व्यावस्थापकलाई अपमान गरेको भनि कुलमान घिसिङ समर्थकहरुले पुनः वहालीको माग गर्दै आन्दोलन गरिरहेका छन् ।

त्यतिमात्र काहा होर ! राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेतृत्वमा चितवनवाट जनयात्रा तय गरिएको थियो । तर अघिल्लो दिन नै सरकारले सभापति लामिछानेलाई निवासवाट नै पक्राउ गरेर थुनामा पठाएको छ । सभापतिलाई नेपाली काँग्रेस एमाले गठबन्धन सरकारले राजनीतिक प्रतिसोध साधेर थुनामा पठाए पनि जनयात्रा चितवनवाट शुरु भएको छ । उक्त चितवनवाट शुरु भएको जन यात्रालाई रास्वपाले निरन्तरता दिने तयारीमा छ ।

देशमा महगी, अभाव, तनाव चुलिएको वेला देशमा आशा गरिएका स्थानीय निकायमा लोकप्रीयता कमाएर जनताको मन जित्न सफल व्याक्तिहरु हर्क साङपाङ, गोपी हमाल, वालेन्द्र शाह अहिलेको जनताको आन्दोलमा एक्यबद्धता जनाउन चुपचाप वसेको भनेर रास्वपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभापति अच्युत लामिछानेले चितवनको मञ्चवाट आग्रह समेत गरेका छन् ।

सभापति पक्राउ गर्न पुगेका डिएसपीले रास्वपाका सभापति लाभिछानेलाई अन्तिम ईच्छा के छ भनेर सोधेपछि उक्त विषय निक्कै चर्चामा र गम्भिर रुपमा आएको छ । त्यसपछि सभापति लामिछानेले आम नागरिकलाई सम्बोधन गर्दै आफुलाई मारेपनि घण्टी चिन्ह तपाईहरु माझमा छ भनेर आग्रह गरेका छन् ।

माओवादीको दोहोरो रणनीति
नेकपा माओवादी केन्द्र पनि अहिलेको सरकारले गरेका कामहरु प्रति सतुष्ट छैन । माओवादीले गणतन्त्रको पक्षमा भन्दै चैत्र १५ गते भृकुटीमण्डपमा जन प्रदर्शन गरेको छ । उसले एकातीर राजतन्त्रवादीहरुलाई काउन्टर दिन जस्तो देखाएर सरकारमा रहेका नेपाली काँग्रेस र एमालेलाई माओवादी जनप्रदर्शनले माओवादी केन्द्र केही समय अगाडी सरकारवाटवाहिए पनि पुनः सरकारमा समेटन खोजोस भन्ने उदेश्य देखिने जस्तो खालको अभिव्यक्तिले संकेत दिएको छ ।

एमालेपार्टी दुईमुखे सर्प जस्तै
सरकारको समेत नेतृत्व गरेको पार्टी नेकपा एमालेले जनप्रदर्शनको नामवाट देशभरी आफ्ना कार्यकर्ता उर्तान थालेको छ । सरकारमा जसले नेतृत्व गरेको छ । त्यही पार्टीले सडकमा जनतालाई हिडडुलमा अवरोध गर्नेगरी प्रदर्शन गर्नु अन्य प्रतिपक्षलाई काउन्टर दिएर भीडलाई उत्तेजित पार्नुले द्धान्द्ध निम्त्याउन गरिएको द्धयद्र चरित्र अर्थात दुईमुखे सर्पको शंज्ञा अन्य विपक्षी पार्टीहरुले आरोप लगाएका छन् ।

स्मरणरहोस ः पुष्पलालले परिकल्पना गरेको संयुक्त जनआन्दोलन २०६२÷६३ सम्म काम लागेको थियो । तर अहिलेको आन्दोलन फरक खालको देखिन्छ । २०४६ सलाको आन्दोललाई ७ वाम गठबन्धन र नेपाली काँग्रेस मिलि पञ्चायत विरुद्ध लडेका थिए । ६२÷६३ मा पनि त्यही भएको थियो ।

अहिले गणतन्त्रवादी, राजतन्त्रवादी, मध्यमार्गीवादी, सरकारवादी सवै आन्दोलनमा देखिन्छन् । यि चार थरीकावादीहरु एक ठाउमा आउन सक्ने सम्भावना देखिएको छैन । यिनिहरुका यस्ता गतिविधिहरु देख्दा अभाव, तनाव, निरासावाट थलिएका जनताहरु त्यसैपनि सरकारप्रति आक्रोशित छन् । यो अवस्थामा जनतलाई उत्तेजित पारेर देशलाई गृहयुृद्धतिर धकेल्ने संकेत माथि उल्लेखित पार्टीहरुले प¥यास गरिरहेको हुन भन्ने देखाउछ । यस्तो वेला जनता सचेत हुनुपर्छ । सरकारले जनताको सेवा गर्नुपर्ने ठाउँमा त्यो काम नगरेर अरुनै भडकाउवादी काम गरिरहेको हुनाले शान्तिपूर्ण आन्दोलन जो साच्चै देशभक्त राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिएर देशलाई थप दुर्गती हुनवाट जोगाउनु आम देशप्रेमी नागरिकहरुको कत्व्य हो ।
नेपाली हामी रहुला काहा नेपालै नरहे
चुलिन्छ हिउ कहा हिमालै नरहे ।
यि महत्वपूर्ण वाणीहरुलाई समेत मनन गरेर एकदमै संयमता अपनाएर मात्र आन्दोलनहरु हुनुपर्दछ । नभए आन्दोलनले कहिलेकाही देश नै संकट पर्ने ईतिहास सिकिमको घटना पढे पुग्छ । त्यस्तै नेपालमा पनि २००४ सालमा भारतमा खोलिएको नेपाली काँग्रेस २००६ सालमा खोलिएको नेपाल कम्युनिष्ट पार्टीलाई भारतीयहरुले त्यतिवेला सहयोग गरेर आज नेपालको यो अवस्था बनाएहकोमा नेपाली जनताले प्रष्ट देखिने गरी पुष्टि भएको छ । नेपालको हितमा ति पार्टीहरु खोलिएका थिएनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend