logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दुर्गेश थापाको आवाजमा “कर्मा” सार्वजनिक


  • जन आकाश
  • सोमबार, चैत्र २५ २०८१

काठमाडौं । सौरभ चौधरी निर्देशित फिल्म “कर्मा” को शीर्ष गीत सार्वजनिक भएको छ।



आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको हो। गीतमा दुर्गेश थापाको स्वर, शब्द तथा संगीत छ।

असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवहार हुने सत्यलाई उजागर गरेको छ। गीतमा एरेन्ज पनि दुर्गेशले नै गरेका छन्। ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको छ।

गीतको भिडिओमा फिल्मका कलाकार विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन्। दुर्गेश स्वयंले पनि भिडिओमा राम्रो समय अकुपाइ गरेका छन्।

फिल्ममा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिव्यदेव, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ।

एक्सन जनरामा निर्माण भएको कर्मा ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्।

यो फिल्ममा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर-ट्रेलर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन्।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने कर्मा मा वसन्त लम्सालको लगानी रहेको छ। यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गते रिलिज हुँदैछ। नेपाल र विदेशमा यो फिल्म एकसाथ प्रदर्शन हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend