logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिताराम घिमिरे र रेखा पोखरेलको आवाजमा “बास्ना हरर” सार्वजनिक हुँदै


  • जन आकाश
  • बिहिबार, चैत्र २८ २०८१

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक तथा मोडल सिताराम घिमिरे र पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेकी गायिका रेखा पोखरेलको सुमधुर आवाजमा सजिएको नयाँ गीत “बास्ना हरर” शुक्रबार सार्वजनिक हुँदैछ।



लोक–आधुनिक शैलीमा आधारित यस गीतमा शब्द, संगीत सर्जक राजेन्द्र रावतले तयार पारेका छन्। राजेन्द्र रावत नेपाली सांगीतिक क्षेत्रमा आफ्नो मौलिकता र मिठासपूर्ण सिर्जनाका लागि चिनिन्छन्। यस गीतमा पनि उनको शब्द सृजनाले नेपाली मौलिक भावनालाई समेट्ने प्रयास गरिएको देखिन्छ।

गीतको निर्माण कार्य अन्नत कुमारी घिमिरेले सम्हालेकी छिन् भने निर्देशन स्वयं गायक सिताराम घिमिरेले गरेका छन्। गीतको छायाङ्कनदेखि सम्पादनसम्मको कार्यलाई निकै मिहिनेतका साथ सम्पन्न गरिएको छ। दृश्यमा प्रेम, भावना, बिछोड र भेटको संयोजन देख्न सकिने छ, जसले श्रोता र दर्शकलाई भावनात्मक रूपमा मन छुने विश्वास गरिएको छ।

गीतमा गायक सिताराम घिमिरे र गायिका रेखा पोखरेलको आवाजले थप जादू भरिदिएको छ। विशेषगरी रेखा पोखरेल पछिल्लो समय टिकटक तथा युट्युबजस्ता डिजिटल मिडियामा भाइरल बन्दै गएकी छिन्। उनको सशक्त गायन शैली, आत्मीयता र सरलता दर्शकले रुचाइरहेका छन्।

यो गीतले उनको प्रतिभालाई अझ फैलाउने अपेक्षा गरिएको छ। प्रेमी जोडीका कथालाई गीतमा बेजोड तरिकाले प्रस्तुत गरिएको छ। गीतमा प्रयोग गरिएका शब्दहरूले प्रेमका भावनालाई छर्लङ्गसँग झल्काउँछ भने संगीत संयोजनले गीतलाई झन् मन छुने बनाएको छ। सार्वजनिक हुनुअघि नै गीतको पोस्टर तथा प्रोमो क्लिपहरू सामाजिक सञ्जालमा भाइरल भइसकेका छन्, जसले गर्दा गीतप्रतिको उत्साह दर्शहरुमा धेरै भएको देख्न सकिन्छ । “बास्ना हरर” गीतलाई युट्युबलगायतका डिजिटल प्लेटफर्महरूमा एकै साथ सार्वजनिक गरिनेछ। स्रष्टाहरूको विश्वास छ कि यो गीतले छोटो समयमै लाखौंको मन जित्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend