logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

दुर्गा प्रसाई भारतबाट पक्राउ


  • जन आकाश
  • शुक्रबार, चैत्र २९ २०८१

काठमाडौं । तीनकुने घटनाका मुख्य कमान्डर दुर्गा प्रसाई पक्राउ परेका छन् । भारतको आसामबाट उनी पक्राउ परेको प्रहरी श्रोतले बताएको छ ।



गत चैत १५ गते भएको हिंसात्मक आन्दोलनमा कमान्डर रहेका प्रसाई घटनामा दुई जनाको मृत्यु भए लगत्तै भागेर भारत पुगेका थिए । सुरुमा भारतको उत्तराखण्ड क्षेत्रमा रहेका भनिएका प्रसाई त्यहाँबाट समेत भागेर आसाम पुगेको प्रहरीको भनाई छ ।

नेपाल प्रहरीको तीव्र खोजीमा रहेका प्रसाईमाथि भारतमा समेत धरपकड सुरु भएपछि उनी नेपाल फर्कने भन्दै भिडियो सन्देश हालिरहेका थिए । भिडियो सन्देशमा प्रसाईले आफू कतै नभागेको र नेपालमै रहेको दाबीसमेत गर्दै आएका थिए । यद्यपि प्रहरीले उनलाई भारतको आसामबाट पक्राउ गरेको हो ।

यसअघि नेपालबाट विशेष ब्युरोको टोली प्रसाईको खोजीमा उत्तराखन्ड पुगेको थियो । लोकेसन ट्र्याकमा आधारमा पक्राउ गर्न पुगेको प्रहरी टोली पुग्नु अगावै प्रसाईले त्यसको जानकारी पाएपछि प्रसाई त्यहाँबाट पनि भागेका थिए ।

त्यसपछि अपराध महाशाखाका एक डिएसपीसमेत प्रसाईलाई पक्राउ गर्न भारत पुगेका थिए । जसरी पनि पक्राउ पर्ने अवस्था आएपछि प्रसाईले आफ्नो ज्यानको सुरक्षा हुने भए आफू नेपाल फर्कने बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend