जन आकाश
राीष्ट्रय स्वतन्त्र पार्टी रामेछाप जिल्लाका संयुक्त पालिका सम्पर्क समिति गठन तथा शुभकामना आदान प्रदान कार्यक्रम सब्य र भव्य रुपमा सम्पन्न भएको छ ।
काठमाडौको जडीबुटीस्थित सम्राट दरबार पार्टी प्यालेसमा भएको कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी रामेछाप काठमाडौ सम्पर्क बिभागले आयोजना गरेको थियो । उक्त कार्यक्रममा रामेछाप काठमाडौ सम्पर्क बिभागका सभापति नर बहादुर कार्कीको बुबा बिरामी भएका कारण उपस्तिथ हुन सकेका थिएनन् । त्यसकारण रामेछाप काठमाडौ सम्पर्क बिभागका उप–सभापति राजकुमार घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रमलाई हौशला प्रदान गर्न पार्टीका केन्द्रीय सदस्य तथा कार्यवाहक प्रवक्ता प्रतिनिधिसभा सदस्य मनिष झा प्रमुख वक्ताको रुपमा आएका थिए । त्यसैगरी केन्द्रीय संगठन बिभाग सदस्य कृष्णमान श्रेष्ठ विशिष्ट बक्ताको रुपमा आएका थिए भने प्रदेशस्तरका नतृत्वहरु अतिथि बक्ताको रुपमा आएका थिए बागमती प्रदेश सह–महामन्त्री कविन्द्र कार्की, बागमती प्रदेश सदस्य विपेश खत्री, विनय कार्की, राजन अ¥याल, रामेछाप जिल्ला सभापति रमेश रायमाझी, उप–सभापति मोहन कार्की, जिल्ला सचिव दिल बहादृर थापा, कोषाध्यक्ष समिक्षा श्रेष्ठ, रामेछाप जिल्ला समितिका सदस्यहरु,इश्वरी लामिछाने, लक्ष्मण बस्नेत, अर्जुन श्रेष्ठ, केशव रोक्का, कास्की जिल्ला समितिका सदस्य अशोक खड्का, निर्वाचन क्षेत्र सभापति बिष्णु कार्की, काठमाडौ जिल्ला निर्वाचन क्षेत्र समितिका ८ का उप–सभापति कैलास सिलवाल, रामेछाप काठमामडौ सम्पर्क बिभागका सचिव उमेष आरण, सदस्य राम बहादुर भण्डारी, रविन नेपाली, कृष्ण बस्नेत उमाकुण्ड गाउँपालिकाका सभापति नवराज बस्नेत, मन्थली नगरपालिका सभापति प्रविन खड्का, दोरम्बा शैलुङ गाउँपालिका सभापति भेषराज नगरकोटी, खाडादेवी गाउँपालिकाका सभापति निराजन पौडेल, पार्टीका इमानदार मेहेनती प्रदीप महत, कल्याण खड्का लगायत साथै ८ वटै पालिकाका पालिकास्तरीय समिति सदस्यहरु, निर्वाचन क्षेत्र समिति सदस्यहरु, वडा अधिवेशन सम्पन्न भएका वडा समितिका सदस्यहरु, रास्वपाका शुभचिन्तकहरुको उल्लेखिय उपस्थितिमा भव्य कार्यक्रम भएको हो ।
कार्यक्रममा चर्चित कलाकार प्रदिप त्रिपाठी र विनु कार्कीले गीत गायर उपस्थिति सवैलाई मञ्चमा नचाएका थिए । रष्ट्रिय कलाकार विनु कार्की र प्रदिप त्रिपाठी पनि उक्त कार्यक्रममा अतिथि बक्ताको रुपमा आएका हुन् ।
उक्त कार्यक्रम दुई शत्रमा विभाजन गरी गरिएको थियो पहिलो शत्रमा प्रमुख वक्ताले घण्टी बजाएर कार्यक्रमको उद्घाटन गरेका थिए । पहिलो शत्र कार्यत्रममा उपस्थित सवैलाई अतिथि लगायत सवैलाई कार्यक्रमका अध्यक्षता समेत गरेका रामेछाप काठमाडौ सम्पर्क बिभागका उप–सभापति राजकुमार घिमिरेले धन्यवाद दिदै दोस्रो शत्रको कार्यक्रम शूरु गरेका थिए । दोस्रो शत्रवाट रामेछाप जिल्लाका ८ वटा पालिका मध्य गोकुलगंगा, उमाकुण्ड, लिखु तमाकोशी पहिलानै पालिका सम्पर्क बिभाग समिति गठन भईसकेको थियो । बाकी रहेका रामेछाप नगरपालिका, मन्थली नगरपालिका, खाडादेवी गाउँपालिका, दोरम्बा शैलुङ गाउँपालिका, सुनापति गाउँपालिका सम्पर्क बिभाग समिति गठन गर्न बाकी थियो । ति समितिहरु गठन भएको रामेछाप काठमाडौ सम्पर्क बिभागले जानकारी दिएको छ ।
रामेछाप नगरपालिका काठमाडौ सम्पर्क बिभागका पदाधिकारीहरुको नामवली यस प्रकार छ ।
सभापतिः हेक कार्की
उप–सभापति अमर बहादुर श्रेष्ठ
सचिवः प्रमोद खड्का
सदस्यहरु, नर बहादुर कार्की, माधव खड्का, रामचन्द्र खड्का, सुमन बस्नेत, टंकनाथ बुद्धाथोकी, बिमल खड्का, विन्दा खड्का कार्की, विन्दा श्रेष्ठ पछि ४ जना पदपुर्ति गर्नेगरी समिति चयन गरेको छ ।
खाडादेवी गाउँपालिकाका काठमाडौ सम्पर्क समितिका पदाधिकारी सर्वसहतीमा चयन भएका छन् ।
सभापतिः रामकृष्ण राउत
उप–सभापति कुमार केसी
सचिवः नारायण खड्का
कोषाध्यक्षः एक बहादुर श्रेष्ठ
सदस्यहरु ःअर्जुन कुमार विक, टलक भण्डारी, दल बहादुर विक बाकी भूगोल मिलाएर पदपुर्ति गर्नेगरी समिति चयन गरेको छ ।
सदस्यहरुः
त्यसैगरी मन्थली नगरपालिका काठमाडौ सम्पर्क समितिका पदाधिकारीहरुको नामवली यस प्रकार छ ।
सभापतिः भूपध्वज बुढाथोकी
उप–सभापतिः कृष्ण खड्का
सचिवः मधुकर चौहान
सदस्यहरुः कविता खड्का, नेत्र बोहोरा, राजु रोक्का, राजेन्द्र अधिकारी, दोधराज बुद्धाथाकी, राजकुमार खड्का समितिमा चयन भएका छन् । मन्थलीका भूगोल र कलष्टर मिलाएर अन्य पदमा नियुक्त गर्नेगरी समिति चयन गरिएको हो ।
दोरम्बा सैलुङ गाउँपालिकाले पनि एकजना सल्लाहाकार सहित १२ जनाको समिति तय गरेको छ ।



© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend