logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

होटेल सारथी  र सिटिजन्स क्यापिटलबीच प्राथमिक शेयर निश्कासनका लागि  सम्झौता


  • जन आकाश
  • सोमबार, बैशाख ८ २०८२

काठमाडौं । होटेल सारथी प्रा.लि.र सिटिजन्स क्यापिटल लिमिटेडबीच आईपीओ जारी गर्ने प्रक्रियाका लागि जारी तथा निर्गमन प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।



होटेल सारथी, धुलिखेलमा आयोजित एक विशेष समारोहमा होटेलका कार्यकारी अध्यक्ष  प्रल्हाद प्याकुरेल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत  सबिर बादे श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

होटेल सारथीले जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर जारी गर्नेछ आईपीओ जारीपश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ । यस सम्झौतासँगै होटेल सारथी आर्थिक वर्ष २०८२र०८३ भित्र नेपालका पुँजी बजारमा सूचीकृत हुनेछ ।  यसबाट नयाँ लगानीकर्ताले होटेल तथा पर्यटन क्षेत्रको कम्पनीमा लगानीका लागि नयाँ अवसर पाउनेछन् ।

२०७२ सालमा स्थापना भएको होटेल सारथी सुपरिचित पर्यटकीय गन्तब्य धुलिखेलमा रहेको स्थापित लक्जरी होटेल हो २०७६ चैत्रदेखि अपरेसनमा आएको होटलमा प्रेसिडेन्सीयल सुइट, सुइट, प्रिमियम तथा डिलक्स गरि ८०

वटा कोठा सञ्चालनमा रहेका छन् २० जनादेखि ४०० जनासम्मको क्षमता भएको ठुला-साना गरि ४ वटा सभा हल रहेको होटलको सातौँ तल्लामा ‘रुफटप इन्फिनिटी स्वीमिङ पुल विथ पुल बार’ रहेको छ  ।

यहाँबाट लाङटाङ हिमश्रृंखला र गौरीशंकर हिमालको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend