logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

शिक्षकहरु २० दिनदेखि आन्दोलनमा मन्त्रीले दिईन राजिनामा


  • जन आकाश
  • बुधबार, बैशाख १० २०८२

मोहन कार्की ।
नेपालका गुरुहरु भनेर चिनिने शिक्षक शिक्षिकाहरुले आफ्नो पेशागत हकहित र नेपालको समय सुहाउदो शैक्षिक प्रणलीको लागि नयाँ शिक्षा ऐन पारित गर्न चैत्र २० गतेदेखि आन्दोलित भएका छन् । उनिहरुले निरन्तर रुपमा २० गतेदेखि अर्थात बैशाख १० गतेसम्म सडकमा जम्मा भएर शिक्षा ऐन पारित गर्न दवाव दिईरहेकाछन् । अझैपनि उनिहरुको आन्दोलन जारी छ । शिक्षक शिक्षिकाहरुले काठमाडौको राजधानी माइलीघर मण्डलामा विहानै जम्मा हुने र दिउसो माइतीघर मण्डलावाट बरबरमहल बिजुली बजार हुदै नयाँ वानेश्वर निषेधित क्षेत्रमा पुगेर प्रत्येक दिन धर्ना कस्दै आएका छन् । उनिहरुले शिष्ट भएर नेपाली मौलिक गीत, नाटक, कविता, चुट्किला, भजन, जादू लगायत तरिकावाट शिक्षा ऐन नलिई पठन पाठन गर्न नफर्कने अभिव्यक्ति समेत दिदै आएका छन् ।



तर यता सरकारले भने खासै चासो दिएको छैन । शिक्षामन्त्री विद्या भट्टराईले शिक्षक शिक्षिकाको आन्दोलनकै कारण देखाएर शिक्षामन्त्रीको पदवाट बैशाद ८ गते राजिनामा समेत दिईसकेकी छन् । अहिले देशमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षामन्त्रीले राखेको प्रस्तावलाई सकारात्मक रुपमा नलिएको र यता आन्दोलनको चरम रुपमा विकास भईरहेको हुनाले दुवै तर्फको चेपुवामा परेर राजिनामा दिएको समाचारहरु सर्वत्र बजारमा आएकाछन् ।

कसैले विद्यादेवी भट्टराईको राजिनामालाई लिएर नैतिकता भएको नेतृत्व भनेर प्रशंसा गरेकाछन् । कसैले राजिनामा दिएर शिक्षा ऐन आउदैन । पदीय जिम्मेवारीमा नै वसेर आफैपनि पूर्व शिक्षक भएको हैसियतले अनुभवको आधारमा ऐन पारित गर्न लाग्नुप¥थ्यो भनेर दुवै तर्फवाट बिश्लेषणहरु भईरहेका छन् ।

तर शिक्षामन्त्रीको पदवाट राजिनामा दिएपछि सरकारमा को शिक्षामन्त्री हुने भनेर दौडधुप भईरहेको छ । यता देशमा अराजक द्धान्द्ध नभएपनि नागरिकहरु खुशी छैनन भन्ने घटनाहरुले देखाईरहेका छन् । दुवैमा स्वास्थ्य मन्त्री प्रमुख अतिथि भएको कार्यक्रममा त्याहा रोजगारको सिलसिलामा रहका नागरिकहरुले नो मन्त्री भनेर विरोध गरेका घटना घटेको छ । ताप्लेजुङमा पुर्वमन्त्री तथा संसद योगेस भट्टराईलाई सुरक्षा थे्रट भएको छ । राजावादी फर्काउने अभियानमा लाखौको भीड देखिएको छ । बिभिन्न पेशा, व्यवसायरुका संगठनहरु आन्दोलित छन् । यि यस्तै घटनाहरुले अहिलेको अवस्थामा निर्वाचित प्रनिनिधिहरुप्रति जनता सन्तुष्ट छैन भन्ने देखाउछ ।

यसको मुख्य कारण परिवर्तनको नाममा २००७ सालदेखि अहिलेसम्म बनेका नीति, नियममा गर्नुपर्ने सुधारहरुको काम काही कुनैपनि जनतामुखी नभएको र झण्झटिलो, भएको हुनाले जनतामा विश्वास गुमेर देश छोड्न बाध्य भएको देश खाली भएको अरु देशको तुलनामा नेपाल परनिर्भर हुदै गएका आफ्नो आत्मनिर्भरता घट्दै गएको जस्ता समस्याले विस्तारै देशको अर्थतन्त्रमा समेत असर पर्न थालेको हुनाले नागरिकहरुले प्रणलीमा आमुल परिवर्तन खोजेको देखिन्छ ।

अहिले शिक्षा ऐनको बिषयले प्रथामिकता पाएको छ । त्यस्तै निजामती ऐन पारित हुन सकेको छैन । अहिलेपनि बिभिन्न ऐन कानूनहरु नेपाली नागरिकहरुलाई अधिकार दिने विषयमा कुनै कामहरु हुन सकेका छैनन् । संसारमा पहिलो मानिस हो । मानिसले सुविधा पाउने विषय प्रथामिकता हुनुपर्छ । तर ५० औ वर्ष अगाडी खोरिया फाडेर जमिन जोत्ने किसानको खेत वनको परयो भन्दै रुख रोप्ने देश नेपाल हो । जंगली जनावार संरक्षण गर्ने नाममा बाघ पालेर मानिस मराउने देश पनि नेपाल नै हो । त्यसैले जंगलमा सुकेका काठ समेत कुहाएर विदेशी काठका कुर्सी टेवल किन्ने देश पनि नेपाल नै हो । अन्न उत्पादन हुने खेतमा वन बढाएर, कतै प्लटिङ गरेर जनतालाई उठिवास लगाउने देश नेपाल नै हो । जनताले प्रयोग गर्ने जंगलमा उपभोक्ताको नाम राखेर संगठन खोली अनेक झमेला निकाल्न लगाएर जनतालाई आफ्नै देशको काठवाट बञ्चित गर्ने देश नेपाल नै हो । यस्ता सुधार गर्नुपर्नें विषयहरु काही पनि सुधार नगरेर जनतालाई दुखः दिने चलनले निम्त्याएको आका्रेश एकपछि अर्को र्गर्दै बढ्दै गएको छ । यस्ता समस्याहरुलाई समयमा नै सावधान गरेर देशको विगे्रका तरिकालाई सुधारने गरी कदम नचाल्ने हो भने नेपालको विकासमा शव्दमा मात्र रहने छ । परिणाममा निरासा मात्रै । त्यसैले जो जो जहावाट जस्ले सुधार गर्न सक्ने काम जति सुधार गरेर नेपालको नेपाली मानिसले पहिला सुविधा पाउनुपर्छ । नेपाली नागरिकहरुले सुविधा लिनुपर्ने विषयमा ऐन कानूनमा समस्या छन् भने तुरुन्तै परिवर्तन गरेर भएपनि सेवा दिनुपर्छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend