logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

यस्तो छ विपीन र मिरूनाको ‘ऊनको स्वीटर’ को ट्रेलर


  • जन आकाश
  • बुधबार, बैशाख १७ २०८२

काठमाडौं । अभिनेता विपीन कार्की र अभिनेत्री मिरूना मगरको फिल्म “ऊनको स्वीटर” को ट्रेलर सार्वजनिक भएको छ।



मंगलबार आर्टमाण्डू युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा विपीन र मिरूनाको प्रेम कथालाई देखाइएको छ।

फिल्ममा विपीन र मिरूनासँगै विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बु, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू र भावना खपांगी मगरलगायत कलाकारको अभिनय छ।

“ऊनको स्वीटर ” आर्टमाण्डू प्रालिको निर्माणमा बनेको पहिलो फिचर फिल्म हो। सुजन चापागाईँको संगीत रहेको फिल्मलाई नवीन चौहानले लेखन तथा निर्देशन गरेका हुन् भने सुरज कटुवालको सह-लेखन रहेको छ।

चिन्तनराज भण्डारीले छायांकन गरेको फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन्। यो फिल्म वैशाख २६ गतेदेखि प्रदर्शन हुनेछ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend