जन आकाश
काठमाडौं । अभिनेता समीर भट्ट अभिनीत फिल्म “बलिदान” को टिजर सार्वजनिक गरिएको छ।
निर्माताले बुधबार समीरको जन्मदिन पारेर प्रि-टिजरका रूपमा ४२ सेकेन्डको भिडिओ सार्वजनिक गरेका छन्। जसमा फिल्ममा समीरको विभिन्न प्रस्तुतिको झलकलाई समेटिएको छ। केही संवाद र द्वन्द्वका दृश्य टिजरमा देखिन्छ।
प्रि-टिजर ल्याउँदै निर्देशक सन्तोष सेनले छिट्टै टिजर सार्वजनिक गरिने बताएका छन्।
दसैंको फूलपातिमा प्रदर्शनमा आउने बलिदानु मा समीरसहित सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय छ। फिल्म आसुसेन फिल्म्स प्रालीको प्रस्तुति हो।
यसका निर्माता पवन ब्राडफोर्ड विस्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा संलग्न छन्।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend