जन आकाश
मोहन कार्की ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी सम्पन्न गरेको छ । आज काठमाडौको शान्ति वाटिकावाट प्रभातफेरी सहित विश्व प्रेस स्वतन्त्र दिवशको अवसरमा पारेर प्रेस स्वतन्त्र नेपालमा वेला वेला घरमराउने गरेको छ । यस्तो अवस्था नहोस भनेर खवदारी सहित सवै पत्रकारहरु एक्यवद्धता भई नेपाल पत्रकार महासंघ काठमार्डौ जिल्ला शाखा कार्यालयमा पुगेर कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रमलाई हौसला प्रदान गर्न नेपाल पत्रकार महासंघकि केन्द्रीय अध्यक्ष निर्मला शर्मा, केन्द्रीय सल्लाहकार रमेश विष्ट, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारी, सचिव सोनि शर्मा, काठमाडौं शाखाका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य सुर्य सुवेदी लगायत सिंगो केन्द्रीय समिति पनि उक्त कार्यक्रममा सहभागी थियो । विश्व प्रेस स्वतन्त्र दिवशको अवसरमा काठमाडौं शाखाले राखेको कार्यक्रमलाई जिल्ला शाखा, केन्द्रीय समिति सवै क्षेत्रका पदाधिकारीहरुले सफल बनाउन उपस्थित भई सहयोग गर्नुभएकोमा सवैलाई काठमाडौ शाखाकी अध्यक्ष शोभा अ¥यालले धन्यवाद दिइन ।
कार्यक्रम समापन पछि पत्रकारिता क्षेत्रमा बिभिन्न सञ्चारमाध्यममा काम गर्ने सम्पादक, प्रकाशकहरुले पत्रकारिता क्षेत्रमा आएका पछिल्लो चुनौतिको विषयमा कुराकानी समेत गरेका थिए ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend