logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

खेम सेञ्चुरी टिमबाट प्रोशेस पाण्डेले जिते भ्वाइस अफ नेपालको उपाधि


  • जन आकाश
  • आइतबार, बैशाख २१ २०८२

काठमाडौं । गायन रियालिटी शो “भ्वाइस अफ नेपाल” सिजन ६ को उपाधि प्रोशेस पाण्डेले जितेका छन्।



शुक्रबार राति भएको फिनालेमा उनले उपाधि ट्रफी उचालेका हुन्। शोमा ४ फाइनलिस्टबाट ३ जनालाई पछि पार्दै प्रोशेसले उपाधि हासिल गरे। फरक क्षमता भएका उनी कोच खेम सेञ्चुरी टिममा थिए। उपाधिसँगै प्रोशेसले २० लाख रूपैयाँ र विभिन्न उपहार समेत प्राप्त गरेका छन्।

प्रोशेससँगै फिनालेमा पुगेका रोशन राई फस्र्ट रनरअप, प्रमेश राई सेकेण्ड रनरअप भए भने अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन्। भ्वाइस अफ नेपाल सिजन ६ मा उदय सोताङ, राजु लामा, खेम सेञ्चुरी र मेलिना राई कोच थिए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend