जन आकाश
काठमाडौं– सरकारको नेतृत्वकर्ता दल नेपा एमालेका सांसद सुर्य थापाले नेपालको इतिहाससँग राजनीतिक अस्थिरताको इतिहास पनि जोडिँदै आएको बताएका छन् ।
प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले राजनीतिक अस्थिरता नेपालको ऐतिहासिक समस्याको रुपमा रहँदै आएको बताएका हुन् ।
२००७ साल पछि हालसम्म ३÷४ वटा सरकारले मात्रै साढे तीन वर्ष वा तीन वर्ष समयाअवधि काम गर्न पाएको उनले बताए । अन्यथा सरकार बदलिरहेको उनको भनाइ छ ।
सांसद थापा भन्छन्, ‘वि.स. १८२५ मा काठमाडौं एकीकरण भए यताको २५७ वर्षमा न भारदार काल न राणाकाल, न राजतन्त्र काल न प्रजातन्त्रकाल, लोकतन्त्र काल न गणतन्त्र काल कुनैमा पन स्थिरताको अनुभूति हुने खालको अवस्था रहेन ।’
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend