logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

Closeup द्वारा विजेतालाई रु. १ लाखको पुरस्कार प्रदान


  • जन आकाश
  • मंगलबार, बैशाख २३ २०८२

काठमाडौं । *Voice of Nepal Season 6  को ग्राण्ड फिनाले भव्यतापूर्वक सम्पन्न भएको छ । यस वर्षको उत्कृष्ट चार प्रतिस्पर्धी –रोशन राई, प्रोशेश पाण्डे, प्रमेश राई र अर्पणा आचार्य मध्ये प्रोशेष पाण्डेलेविजेताको उपाधि जितेका छन्।



यस सिजनको शीर्ष प्रायोजक Closeup ले विजेता प्रोशेश पाण्डेलाई रु. १ लाखकोनगद पुरस्कार प्रदान ग¥यो। सो पुरस्कार युनिलिभर नेपालका कानून प्रमुख तथा कम्पनी सचिब गोविन्द शाहीद्वारा प्रदान गरिएको थियो ।

Closeup ले सधैं संगीत र आत्मविश्वासको आत्माको साथ आफूलाई जोड्दै आएको छ । ताजगी र नजिकिने आत्मबल मार्फत्मानिसहरूलाई जोड्ने ब्रान्डको मान्यतासँग मेल खाने गरी Closeup को यो साझेदारी केवल ब्रान्ड प्रबद्र्धन मात्र नभई युवा प्रतिभालाई अभिव्यक्तिका लागि प्रोत्साहित गर्ने उत्सव थियो ।

Closeup ले सधैं आत्म–अभिव्यक्ति र ताजगीको विश्वासमा अडिग रही मानिसहरूलाई एक–अर्कासँग नजिक ल्याउने प्रयास गर्दै आएको छ । Voice of Nepal जस्तो प्लेटफर्मसँगको सहकार्यले हामीलाई नयाँ प्रतिभालाई उजागर गर्न र सम्पूर्ण दर्शकसँग जोडिन सघाएको छ,” Closeup का प्रतिनिधिले बताए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend