जन आकाश
इनिश बुढाथोकी
रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर जेल पठाएको विषयमा स्वतन्त्र उम्मेद्धार दिएर जितेका जनप्रतिनिधिहरुलाई बोल्न रास्वपाका नेताहरुले आग्रह गरेका छन् । रास्वपाका संसद तथा सह प्रवक्ता मनिष झाले विभिन्न सार्वजानिक स्थलमा सम्बोधनको क्रममा भनेका छन् । “देशको परिवर्तनको पक्षमा लागेका युवाहरुलाई लामो समयदेखि देशको स्रोत साधन दुरुपयोग गरेर रजाई गर्दै आएका नेपाली काँग्रेस र एमालेका नेताहरुले आफु सक्किने डरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर फसाएका छन् ।
देशको लागि आमुल सुधार र्गछु भनेर लागेका युवा नेता रवि लामिछाने माथि गरिएको राजनीतिक प्रतिशोध हो । यो अन्याय हो । अन्यायको विरुद्ध सवै जनताले खबदारी गरिरहेका छन् । देश बनाउन निस्वार्थ भावनाले लागेका स्थपित जनप्रतिनिधिहरु जस्तै धरानका मेयर, हर्क साङपाङ, काठमाडौका मेयर वालेन्द्र शाह (वालेन) धनगढीका मेयर गोपी हमालहरुले अव मुृख खोल्नुपर्ने बताएका छन् ”। यस्तै अभिव्यक्ति चितवनमा बागमती प्रदेश सभापति अचुतम् लामिछानेले पनि बोलेका थिए । अर्को प्रशंगमा संसद झाले अन्यायका विरुद्ध परिवर्तन पक्षधरहरु एक ठाउँमा उभिने वेला आएको छ ।” भनि स्वतन्त्रवाट जनप्रतिनिधि भएकाहरुलाई आग्रह गरेका हुन् । भने अन्य रास्वपाका नेताहरूले पनि साेही उदेश्यकाे अभिव्यति दिइरहेका छन् ।
हाल रास्वपाका सभापति रवि लामिछाने रुपन्देही जिल्ला कारगारमा शुभलक्ष्मी सहकारी संस्था लि.को रमक अपचलन गरेको आरोपमा थुनामा छन् । रवि लामिछानेलाई अन्याय गरेको भनेर चौतर्फी रुपमा विरोध भईरहेको छ । तर शान्तिपूर्ण राजनीतिकधार बोकेको रास्वपाले सभापति थुनिएको विषयमा पोखरामा धर्ना दिएपनि पछिल्लो समय त्यस्ता कुनैपनि दवाव दिने खालको कार्यक्रम आएको देखिदैन ।
रास्वपाका जिम्मेवार नेताहरुसँग फोन सम्पर्क गर्दा अदालतको निर्णय नै अन्तिम हुने भएको हुनाले यस विषयमा अहिले प्रतिक्रिया नदिने बताएका छन् ।
स्मरणरहोसः जव जव राज्यको शक्ति बलियो भएको अवस्थामा राज्य शक्तिभन्दा बाहिर रहेका शक्तिहरु एकठाउमा उभिदैनन् । तवसम्म राज्यको नेतृत्व गर्ने शक्ति बलियो भइरहन्छ भन्ने उदारण २०४६ सालमा भएको संयुक्त जनआन्दोलन, २०६२/६३ को संयुक्त जनआन्दोलन सरकारभन्दा बाहिर रहेका सवै एक भएका थिए ।
यतिवेला जनताको क्रेज भएका वालेन, हर्क, गोपी, रवि र सरकारभन्दा वाहिर रहेको नेकपा माओवादी केन्द्र, राप्रपा, जनता समाजवादी लगायत अन्य असन्तुष्ट अभियान्तहरु एकढिक्का भएर सरकारको विरुद्ध मोर्चाबन्दी नहुनजेलसम्म काँग्रेस, एमाले गठबन्धनलाई फाल्न सक्ने तागत हुदैन । त्यो कुरा बुझेर पनि होला अचेल रास्वपाका केही केही नेताहरुले गोपी, हर्क, वालेनलाई मुख खोल्न आग्रह गरिरहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend