logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

म्याजेस्टिक’ ग्रान्ड इभेन्ट भेन्युमा ४ हजार जना अट्ने क्षमता


  • जन आकाश
  • बुधबार, बैशाख २४ २०८२

काठमाडौं । ललितपुरको एकान्तकुनामा ‘म्याजेस्टिक ग्रान्ड’ इभेन्ट भेन्यु सञ्चालनमा आएको छ । भव्य र आकर्षक देखिने यो इभेन्ट भेन्यु नेपालकै ठूलो र भव्य भएको सञ्चालको दाबी छ ।



२० रोपनी जग्गा २१ वर्षलाई भाडामा लिएर बनाइएको ‘म्याजेस्टिक ग्रान्ड’मा चार हजार जना अट्न सक्ने जुनसुकै कार्यक्रम आयोजना गर्न सकिन्छ ।

खासगरी विवाह, व्रतबन्ध, म्युजिकल कन्सर्ट, फेसन सो, प्रडक्ट लन्च, विश्वविद्यालयको ग्राजुएसन कार्यक्रम र एकसाथ धेरैजना उपस्थित हुनुपर्ने गोष्ठी र सेमिनार जस्ता कार्यक्रमलाई लक्षित गरी यो इभेन्ट भेन्यु तयार गरिएको हो ।

एकान्तकुनास्थित यातायात कार्यालयको अपोजिट साइडमा रहेको यो इभेन्ट भेन्युमा करिब तीन सय वटा चारपांग्रे र पाँच सय वटा दुईपाङ्ग्रे सवारी साधन सहज ढंगले पार्किङ गर्न सकिने छ ।

 

केके छन् सुविधाहरु

‘म्याजेस्टिक ग्रान्ड’ र ‘म्याजेस्टिक क्राउन’ गरी दुई वटा आकर्षक इभेन्ट हल छन् । यहाँ कार्यक्रम आयोजना गर्दा बाहिरबाट कुनै किसिमका सामग्री ल्याउन नपर्ने सञ्चालक सुरज कार्की बताउँछन् । ‘विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज सुविधा यहाँ उपलब्ध छ,’

ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर तीन किसिमको खानाको मेनु तय गरिएको छ । आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय स्तरका लेटेस्ट प्रविधियुक्त साउन्ड सिस्टम, लाइट, विशाल स्क्रिनलगायत इभेन्टका लागि आवश्यक पर्ने हरेक सामग्री म्याजेस्टिक ग्रान्डमा जडान गरिएका छन् ।

‘म्याजेस्टिक ग्रान्डमा इभेन्ट गर्नेहरूलाई उत्कृष्ट अनुभव हासिल गराउन हामीले भरमग्दुर प्रयास गरेका छौं’, सञ्चालक कार्की भन्छन्, ‘म्याजेस्टिक ग्रान्डलाई नामजस्तै भव्य बनाउन यसको निर्माण र सजावटमा विशेष ध्यान दिइएको छ ।’

नयाँ पुस्ताको सोच र थिम अनुसार भेन्यु तयार गरिएको र सुलभ मूल्यमा पाँच तारे होटलको भन्दा उत्कृष्ट सेवा प्रदान गरिरहेकाले धेरैको रोजाइमा पर्ने विश्वास कार्कीको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend